शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भारतले नेपाललाई कोरोनाविरुद्धको १० लाख डोज खोप दियो, भोलि आइपुग्ने

बुधबार, ०७ माघ २०७७, १४ : १९
बुधबार, ०७ माघ २०७७

काठमाडौं । भारत सरकारले नेपाललाई कोरोनाविरुद्धको १० लाख डोज खोप उपलव्ध गराएको छ । 
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीले बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सो  जानकारी दिएका हुन् । उक्त खोप भोलि नै नेपाल आउने र फ्रन्ट लाइनमा रहेर काम गर्नेहरुलाई प्राथमिकता दिइने उनले जानकारी दिए । यो खोप भारत सरकारले नेपाललाई अनुदानस्वरुप दिन लागेको हो ।  

पत्रकार सम्मेलनमा भारतीय राजदूत विनय मोहन क्वात्राको पनि सहभागिता रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप