आपत्तिजनक अवस्थामा भेटेपछि पर–पुरुषसँग मिलेर श्रीमान्को हत्या, महिला पक्राउ
काठमाडौं । पर–पुरुषसँग मिलेर श्रीमानको हत्या गर्ने महिलालाई प्रहरीले ७ वर्षपछि पक्राउ गरेको छ । काठमाडौंको मातातिर्थका सानोकाजी तामाङको हत्यामा संलग्न उनकी पत्नी पूर्णलक्ष्मी तामाङलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए ।
साविक मातातिर्थ गाविस–६ बस्ने ६० वर्षीय सानोकाजीलाई ०७० पुसमा वडा नम्बर–९ घर भएका विशाल तामाङ र पूर्णलक्ष्मी मिलेर हत्या गरेका थिए ।
विशाल र पूर्णलक्ष्मी विवाहेत्तर सम्बन्धमा थिए । ०७० पुस २१ मा सानोकाजीले उनीहरुलाई आपत्तिजनक अवस्थामा भेटेपछि विवाद भयो । विवादपछि उनीहरुले सानोकाजीको हत्या गरेको अदालतको ठहर छ ।
५५ वर्षीया पूर्णलक्ष्मीलाई ०७४ मा उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौंको फैसला बदर गर्दै ३ महिना २७ दिन कैद हुने फैसला गरेको थियो ।
काठमाडौंको कुलेश्वरबाट पक्राउ परेकी पूर्णलक्ष्मीलाई अदालतको अनुमती लिएर कारागार चलान गरिने एसपी बस्नेतले बताए ।
हत्यापछि भागेर मकवानपुरगढी मा घरजम गरेर बसेका विशाल तामाङलाई महानगरीय प्रहरी परिसरको टोलीले गत मंसिरमा पक्राउ गरेको थियो । विशाललाई अदालतले १८ वर्ष ३ महिना कैद सजायको फैसला गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मतदानका दिन यी सवारी साधनलाई हुँदैन रोकावट
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
जापानका प्रधानमन्त्रीले फ्रान्स, ब्राजिल र पाराग्वेका भ्रमण गर्ने
-
आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने
-
पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह सम्पन्न
-
अफगानिस्तानमा बाढीले ७० विद्यालय तथा मदरसा क्षतिग्रस्त