कञ्चनपुरमा अवैध काठसहित दुई जना पक्राउ
कञ्चनपुर । अवैध काठसहित भीमदत्त नगरपालिका–७ हल्दुखालका दुई जनालाई आज प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा २८ वर्षीय मोहन जाग्री र १९ वर्षीय राजेन्द्र सिंह रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए । चिरान गरिएको सालको काठ बोकेर हिँड्दै गरेका दुवैलाई सोधपुछ तथा जाँच गर्दा अवैध देखिएपछि पक्राउ गरी दुवैलाई काठसहित आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय कञ्चनपुरमा बुझाइएको उनले बताए ।
प्रहरीले आजै भीमदत्त नगरपालिका–६ नजिक भारतबाट भन्सार छलेर ल्याएको पाँच बोरा चिनी, प्लाष्टिक छ बोरा गरी रु ३० हजारको बेवारिसे सामान बरामद गरेको छ । पुर्नवास नगरपालिका–४ गाउँबाट पानी तान्ने मोटर तीन थान, सिलिङ पंखा दुई थान, होल्डर १० थान पार्केट फ्युज १० पाकेट, एम्सी दुई थान स्क्रु दुई थान र लेडिज चप्पल सानो ठूलो ५२ जोरको रु ३० हजार तीन सय मूल्य बराबरको समान बरामद गरी भन्सार कार्यालयमा बुझाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीमा चिसो पानी पिउनु स्वास्थ्यका लागि हानिकारक छ ?
-
क्रोएसियामा राजदूतावास स्थापनाको माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापन पत्र
-
एकल र साझा अधिकार सूचीमा रहेका कानुनहरू तीनै तहका सरकारले छिटो बनाउनुपर्छ : मन्त्री श्रेष्ठ
-
तस्बिरमा हेर्नुहोस् पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोह
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
रङ्गियो काठमाडौँ, ज्याकाराण्डा ढकमक्क (तस्बिरहरु)