रहेनन् मोहन्याल गाउँपालिकाका अध्यक्ष रावल
मङ्गलबार, १७ चैत २०७७, १३ : १३
कैलाली । कैलालीको चुरे पहाडी क्षेत्र मोहन्याल गाउँपालिकाका प्रमुख नवलसिंह रावलको ७७ वर्षको उमेरमा निधन भएको छ । उच्च रक्तचाप लगायतका रोगले ग्रसित उनको काठमाडौँस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा आज विहान निधन भएको उनका स्वकीय सचिव नरेन्द्र थापाले जानकारी दिए ।
मोहन्याल सोल्टास्थित आफ्नै घरमा केही दिन अघि अचानक बेहोस हुनु भएपछि उनलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज पुर्याइएको थियो । यसपछि थप उपचारका लागि काठमाडौँ लगिएको थियो । उनले लामो सयमदेखि रक्तचापको औषधि खाइरहेका थिए । उनी नेकपा (एमाले) को तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । उनका तीन छोरा र श्रीमती रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्यास नगरपालिकामा पुनः मतगणना गर्न अदालतको आदेश, जोशीले जिते मुद्दा
-
नीति तथा कार्यक्रममा शिक्षा : शिक्षकलाई मासिक तलबसहित के–के विषय समेटिए ?
-
९० दिनभित्र नतिजा निकाल्न त्रिविका प्राध्यापक संगठनहरूकाे माग
-
आजपाको मागबारे सरकारको चासो, भन्सार विभागमा भएको छलफल सकारात्मक
-
प्रहरीमा ६४ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस
-
बेइजिङ भ्रमण गर्दै पुटिन