‘क्रसरोड्स–कथा तिम्रो र मेरो’ कबड्डीकी रिश्मा
सोमबार, २३ चैत २०७७, १३ : ०८
काठमाडौँ । फिल्म ‘क्रसरोड्स–कथा तिम्रो र मेरो’ को छायाँकन सुरु भएको छ । अरविन्दराज गुरुङको निर्देशन रहने फिल्म प्रेमकथामा बन्न लागेको हो । नेपाल र भारतको दार्जिलिङ, सिक्किम र कोलकाताका रमणीय स्थानमा छायाँकन हुने बताइएको फिल्म अरविन्दराज प्रोडक्सन र आनजिग प्रोडक्सन यूकेको सहकार्यमा निर्माण हुन लागेको हो । फिल्ममा रिश्मा गुरुङ, बुद्धि तामाङ, गौरव मल्ल प्रधान र रिकजंग दोर्जे भुटियाको अभिनय रहनेछ ।
निरेम प्रोडक्सन कुवेत र सुप्रिया तामाङको सहयोग रहेको चञ्चल थापाको छायाँकन रहनेछ । यसअगाडि फिल्म ‘कबड्डी’ मा अभिनय गरेर चर्चामा आएकी अभिनेत्री रिश्मा गुरुङले फिल्मको कथा मन परेकोले आफूले ‘क्रसरोड्स–कथा तिम्रो र मेरो’ मा अभिनय गर्न लागेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्मा रवि ‘अन्सेन्सर्ड’ : निशानामा गगन
-
१० बजे, १० समाचार
-
बर्दियामा मृतावस्थामा भेटियो पाटेबाघ
-
प्रधानमन्त्रीले विश्वासको मत लिने विषयमा छलफल गर्न सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
-
नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिनेमा प्रतिबद्ध छौँ : परराष्ट्रमन्त्री श्रेष्ठ
-
धान रोपाइँका समयमा रासायनिक मलको अभाव नहुने