कांग्रेस प्रदेशको भाषा साहित्य कला संस्कृति विभागले बोलायो बैठक
आइतबार, ०६ जेठ २०८१, २० : ३५
काठमाडौँ । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिको भाषा, साहित्य, कला तथा संस्कृति विभागले बैठकको आह्वान गरेको छ । आइतबार विभागका प्रमुख सुरत रावत डोटेली कान्छाले एक वक्तव्य जारी गर्दै बैठकको आह्वान गरेका हुन् ।
वक्तव्यमा कांग्रेसको विधानको धारा १३, उपधारा (१) बमोजिम कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिको भाषा, साहित्य, कला तथा संस्कृति विभागमा मनोनीत विभागीय सदस्यहरूलाई बैठकका लागि अनिवार्य उपस्थिति हुन भनिएको छ ।
विभागीय प्रमुख रावतका अनुसार सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाबाट मनोनीत विभागीय सदस्यहरू सहभागी रहने बैठक जेठ १८ गते बस्ने र विभागका विभिन्न कार्यक्रमहरू समेत तय गर्ने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
-
सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक, कृषकलाई समस्या
-
‘हली’को ट्रेलरमा देश बनाउने र छाउप्रथाकाे कथा
-
गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण