धेरै राजनीतिक दल होइन, बलियो राजनीतिक दल चाहिएको छ : महासचिव पोखरेल
दाङ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले राष्ट्र निर्माण र समृद्धिको यात्रा एमालेको सङ्कल्प भएको बताएका छन् ।
नेत्रलाल पौडेलको ४१औँ स्मृति दिवस तथा एमाले जिल्ला कमिटी दाङको १४औँ जिल्ला अधिवेशनलाई आइतबार सम्बोधन गर्दै उनले विगतका कामको समीक्षा गर्दै आगामी कार्यदिशासहित पार्टी नेतृत्व अगाडि बढेको बताए । उनले भने, “नेपाललाई बदल्ने हो भने धेरै राजनीतिक दल होइन, बलियो राजनीतिक दल चाहिएको छ ।”
एमाले पोलिटव्युरो सदस्य शान्ता चौधरी, एमाले केन्द्रीय सदस्य चेतनारायण आचार्य, पूर्वराष्ट्रियसभा सदस्य विष्णु पौडेल, लुम्बिनी प्रदेश एमाले सचिव लक्ष्मण आचार्य, नेकपा (माओवादी केन्द्र) दाङका संयोजक हरिमान पुन, एमाले रोल्पा अध्यक्ष अमित बुढालगायतले धारणा राखेका थिए । जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष राममणि पाण्डेले स्वागत गरेका थिए । दुईदिने जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको क्रियाशील सदस्यता ४ लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे
-
‘३५ वर्ष’ को भाष्य छाडेर वर्तमान र भविष्यमा केन्द्रित हुन नयाँ सांसदहरुलई रक्षा बमको आग्रह
-
रास्वपा महाधिवेशनको काउन्डडाउन सुरु
-
कर्णालीमा विपद् जोखिम न्यूनीकरण कर्णाली प्रदेश कार्यमञ्च गठन
-
बागमती सरकारलाई निजी अस्पतालको विवरण पेस गर्न निर्देशन
-
‘रातो किताब’ मा नभेटेपछि वडाध्यक्षले सांसदसँग मागे आफ्ना वडामा परेका योजनाका लिस्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण