आइतबार, ०९ असार २०८१
ताजा लोकप्रिय

बर्दियामा मृतावस्थामा भेटियो पाटेबाघ

आइतबार, ०६ जेठ २०८१, २१ : ४३
आइतबार, ०६ जेठ २०८१

बर्दिया । बर्दियाको मधुवन नगरपालिका–४ का कालिका सामुदायिक वनमा मृतावस्थामा पाटेबाघ फेला परेको छ ।  डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रवीण विडारीले सामुदायिक वनमा कुहिएका अवस्थामा वयस्क पाटेबाघ फेला परेको जानकारी दिए । 

प्राविधिक टोली घटनास्थलमा पुगेकाले परीक्षणपछि मात्र मृत्युको वास्तविक कारण पत्ता लाग्ने राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रमका संरक्षण अधिकृत अजित तुम्वाहाङ्फेले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप