इरानी राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना, विदेशमन्त्री पनि सवार
तेहरान । इरानी राष्ट्रपति इब्राहिम रईसी र विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियान सवार हेलिकप्टर दुर्घटनामा परेको छ । इरानी सरकारी सञ्चारमाध्यमका अनुसार हेलिकप्टरले हार्ड ल्यान्डिङ गर्नुपरेको हो ।
इरानका गृहमन्त्रीका अनुसार उद्धार टोली घटनास्थलमा पुग्ने प्रयास गरिरहेको छ । तर मौसमका कारण यहाँ (घटनास्थल) अवस्था कठिन छ । बाक्लो कुहिरोका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको छ । यो पहाडी र जंगलले भरिएको क्षेत्रमा भिजिबिलिटी पाँच मिटरसम्म मात्रै रहेको छ ।
हेलिकप्टरले हार्ड ल्यान्डिङ गरेको क्षेत्र ताब्रिज सहरबाट पचास किलोमिटर टाढा भार्जेकन सहर नजिक छ। स्थानीय सञ्चारमाध्यमका अनुसार राष्ट्रपति रईसी क्विज कालासी र खोडाफरिन बाँधको उद्घाटन गरेपछि ताब्रिज सहरतर्फ जाँदै थिए ।
राष्ट्रपति इब्राहिम रईसीलाई इरानका कट्टरपन्थी नेता र देशका सर्वोच्च धार्मिक नेता आयतोल्लाह अली खामेनीको नजिक मानिन्छन् । सन् २०२१ मा उनले राष्ट्रपति चुनाव जितेका थिए ।
चुनावी प्रचारका क्रममा राईसीले रुहानी शासनकालमा उत्पन्न भएको भ्रष्टाचार र आर्थिक सङ्कटसँग जुध्न आफैँलाई उत्तम विकल्पको रूपमा प्रचार गरेका थिए । इरानी न्यायपालिकाका प्रमुख रहेका रईसीको राजनीतिक विचारलाई ‘चरम कट्टरपन्थी’ मानिन्छ ।
रईसीको जन्म सन् १९६० मा इरानको दोस्रो ठुलो सहर मशादमा भएको थियो। यस सहरमा शिया मुस्लिमहरूका लागि सबैभन्दा पवित्र मानिने मस्जिद पनि छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण