शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय बीमा संस्थान पनि डिजिटल माध्यममा प्रवेश, भयो एनसीएचएलसँग सम्झौता

शुक्रबार, २७ चैत २०७७, १३ : ४९
शुक्रबार, २७ चैत २०७७

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरूलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरू प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी सम्झौता गरेको छ । सम्झौता पत्रमा राष्ट्रिय बीमा संस्थानका प्रशासक कवि प्रसाद पाठकर एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

राष्ट्रिय बीमा संस्थानले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई आफ्नो बैंकको माध्यमबाट नेशनल पेमेन्ट इन्टरफेस मार्फत एनसीएचएल आईपीएस र कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीसँग जोडिएपछि इन्स्योरेन्स दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेण्डर भुक्तानी, लगानी लगायतका विभिन्न कारोबारहरु बैंक खाताहरुबाट सोझै गर्न सक्नेछ । 

साथै संस्थानका बीमितहरुले आफ्नो (प्रिमियम)बीमा शुल्क पनि अनलाइन मार्फत कनेक्ट आईपीएस ई–पेमेन्टबाट वा ५ हजार भन्दा बढि बैंक शाखाहरुबाट र  एनसीएचएलसँग आबद्ध बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुको च्यानलमार्फत पनि सजिलै तिर्न सक्नेछन् । यी सबै कारोबारहरु सोझै संस्थान तथा लाभग्राहीहरुका बैंक खाताहरुबाट हुनेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप