‘वसुन्धराश्री’ र ‘मानश्री’पुरस्कारद्वारा कुमार बस्नेत र मीरा राना सम्मानित
लण्डन । ‘वसुन्धरा-मान प्रज्ञा प्रतिष्ठान’ ले हरेक वर्ष प्रदान गर्दै आएका ‘वसुन्धराश्री’ र ‘मानश्री’ पुरस्कार यस वर्ष क्रमशः वरिष्ठ गायक कुमार बस्नेत र चर्चित गायिका मीरा राणालाई प्रदान गरिने भएको छ ।
प्रतिष्ठानका सदस्यसचिव कृसु क्षेत्रीले एक वक्तव्य जारी गर्दै प्रतिष्ठानका कुलपति डा. दुबसु क्षेत्रीको अध्यक्षतामा वैशाख ६ गते बसेको विशेष बैठकले बस्नेत र रानालाई पुरस्कृत गर्ने निर्णय गरेको जनाएका छन् ।
मौलिक र उत्कृष्ट नेपाली लोकगीतको संकलन, गायन र संरक्षणद्धारा नेपाली संगीतलाई सार्थक, समृद्ध र समुन्नत बनाई नेपाली वाङ्मयलाई वैभवशाली र गरिमामय बनाउन विशिष्ट योगदान गरी विश्व समुदायमा नेपाली गीत, नेपाली भाषा र नेपाली जातिको स्थान र पहिचान उच्च र अक्षुण्ण राख्न विशिष्ट योगदान गरने बस्नेतलाई वसुन्धराश्री पुरस्कार प्रदान गर्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ । पुरस्कारको राशि नगद ७५ हजार रुपैयाँसहित सम्मानपत्र रहेको छ ।
यसैगरी राणालाई मानश्री पुरस्कार प्रदान गरिने छ भने पुरस्कारको राशि नगद ५० हजार रुपैयाँसहित सम्मानपत्र रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीमा चिसो पानी पिउनु स्वास्थ्यका लागि हानिकारक छ ?
-
क्रोएसियामा राजदूतावास स्थापनाको माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापन पत्र
-
एकल र साझा अधिकार सूचीमा रहेका कानुनहरू तीनै तहका सरकारले छिटो बनाउनुपर्छ : मन्त्री श्रेष्ठ
-
तस्बिरमा हेर्नुहोस् पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोह
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
रङ्गियो काठमाडौँ, ज्याकाराण्डा ढकमक्क (तस्बिरहरु)