ओली निकट पुगेका रिजाल भन्छन्, ‘माओवादीको यो निर्णय कि अनिर्णय ?’
काठमाडौं । एमालेको माधव नेपाल समूहबाट ओली कित्तामा पुगेका केन्द्रीय सदस्य विष्णु रिजालले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको विषयलाई ‘निर्णय कि अनिर्णय’ भनेर प्रश्न गरेका छन् ।
नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठकले ‘सरकारलाई दिएको समर्थन फिर्ता लिने जिम्मा’अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिने निर्णय गरेछ । मैले नबुझेको– वस्तुतः यो निर्णय हो कि अनिर्णय ? जब सरकारको घोर विरोध गरिरहेको पार्टीले नै समर्थन फिर्ता लिन सक्दैन भने यही संसदबाट बैकल्पिक सरकार बन्छ कि बन्दैन भन्ने प्रस्ट हुँदैन र ?’ माओवादी केन्द्रको स्थायी समिति बैठकको निर्णय सार्वजनिक भएलगत्तै रिजालले आफ्नो फेसबुकमा लेखेका छन् । दलहरु बैकल्पिक सरकार गठनको गृहकार्यमा जुटेका बेला रिजालले सरकारको विरोध गर्ने दलले नै समर्थन फिर्ता गर्न नसकेको अवस्थामा वर्तमान संसदबाट बैकल्पिक सरकार बन्न नसक्ने संकेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोरखानाथ मन्दिरमा सवा लाख रोट महोत्सव सुरू
-
निजी क्षेत्रका समस्या सम्बोधन गर्न निरन्तर सुधारका काममा भइरहेका छन् : अर्थमन्त्री पौडेल
-
पोखरा विमानस्थल छानबिन प्रतिवेदन : तथ्य एकातिर, निष्कर्ष अर्कैतिर
-
मुलुकी अपराध संहिताको मस्यौदामा व्यापक छलफल आवश्यक : उपाध्यक्ष घिमिरे
-
इ–रिक्सा चलाएर आत्मनिर्भर बन्दै महिला
-
दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु