बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

दाइको हत्या गर्ने भाइ १७ बर्षपछि पक्राउ

शुक्रबार, २७ असोज २०७४, १६ : ५५
शुक्रबार, २७ असोज २०७४

तुलसीपुर । जिल्ला प्रहरी कार्यालय सल्यानले कर्तव्य ज्यानको आरोपमा फरार एक व्यक्तिलाई १७ बर्ष पछि पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा तत्कालिन स्यानीखाल गाविस ९ घर भई हाल तुलसीपुर उप महानगरपालिका १ छोटे निवासी बिजुले भन्ने विजय गोसाई रहेको प्रहरीले जनाएको छ । 

आफनो सहोदर दाई हेरम गोसाईको हत्या गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक भरत बहादुर विकले जानकारी दिए । 

२०५७ कात्तिक १४ गते सामन्य विवाद हुँदा हसीयाँ प्रहार गरि गम्भिर घाइते भएका दाइको केहि समयपछि उपचारका क्रममा मृत्यु भएको थियो  । 

दाङ प्रहरीको सहयोगमा सल्यान प्रहरीले बिहिबार आरोपीलाई पक्राउ गरेको हो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओपेन्द्र बस्नेत
ओपेन्द्र बस्नेत
लेखकबाट थप