आईटी विदेशी मुद्रा भित्र्याउन सक्ने सम्भावना रहेको क्षेत्र : अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आईटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरुरी रहेको बताएका छन् । बिहीबार काठमाडौँमा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै ढकालले कारोबारहरूलाई अनलाइन माध्यमबाट गर्न सके कारोबार पारदर्शी हुने र सहज हिसाबले काम गर्ने वातावरण बन्ने जिकिर गरे ।
उनले आईटी क्षेत्रलाई लगानी सम्मेलनमा प्राथमिकताका साथ लिइएको भन्दै नेपालमा लगानीको सम्भावना भएका क्षेत्रहरूमा आईटी पनि मुख्य लगानीको क्षेत्र बनेको जिकिर गरे । उनले आईटीको क्षेत्र कतिपय पूर्वाधार, ठुलो लगानी नभईकन विदेशी मुद्रा भित्र्याउन सक्ने सम्भावना रहेको क्षेत्र भएको बताए ।
उनले भने, ‘भर्खरै सम्पन्न लगानी सम्मेलनमा प्रधानमन्त्रीज्यूबाट र मान्य मन्त्रीज्यूबाट नेपालकै तर्फबाट जुन एउटा आईटी क्षेत्रलाई एकदमै प्राथमिकताका साथ राखिएको र नेपालमा लगानीको सम्भावना भएका क्षेत्रहरूमा आईटी पनि मुख्य लगानीको क्षेत्र हो भनेर प्राथमिकताका साथ राखिइएको छ यो महत्त्वपूर्ण छ । आईटीको क्षेत्रमा हेर्दा हामी कतिपय पूर्वाधार, ठुलो लगानी नभईकन विदेशी मुद्रा भित्र्याउन सक्ने सम्भावना रहेको छ । यसलाई सरकारले अझै प्राथमिकतामा राखेर यो क्षेत्रमा लाग्नुपर्छ ।’
अध्यक्ष ढकालले डिजिटल हस्ताक्षरलाई कार्यान्वयन ल्याउन आवश्यक रहेको बताए । उनले भने, ‘हामीले जति पनि कारोबारहरू हुन्छ, कारोबारहरू पारदर्शी गर्ने हिसाबमा पनि निजी क्षेत्रको तर्फबाट एउटा फेसलेस भनौँ, डिजिटल माध्यमबाट जान सक्यो भने पारदर्शिता हुन्छ । सहज हिसाबले काम गर्ने वातावरण बन्छ । डिजिटल सिग्नेचरको कुरा हामीले उठाइरहेका छौँ, केही यसलाई अझै कार्यान्वयन ल्याउन त्यत्तिकै महत्त्वपूर्ण छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकालु हिमाल आरोहण गर्ने क्रममा एक अमेरिकी नागरिकको मृत्यु
-
विमानस्थलमा फेरि हुन थाल्यो सेटिङ, ‘कोड वर्ड’ प्रयोग गरेर असुल्छन् रकम
-
मकवानपुर महिला गोल्डकप : एपीएफले वीरगञ्जलाई १२ गोलले हरायाे
-
देउवासँग ओलीको २ घण्टा छलफल : टीआरसी, बजेट र नीति तथा कार्यक्रममा चासो
-
बलात्कारको आरोपमा भारतीय क्रिकेटर पक्राउ
-
‘सीप मेला सीपयुक्त जनशक्ति र रोजगारदाताका लागि पुल हो, सहकार्य गर्न तयार छौँ’