प्रिमियरमा रुचाइयो ‘मनसरा’
काठमाडौँ । उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘मनसारा’ प्रिमियर गरिएको छ । बुधबार साँझ ललितपुरको लबिङ मलमा आयोजित प्रिमियरमा कलाकर्मी तथा रङ्ग पत्रकारको बाक्लो उपस्थिति थियो ।
प्रिमियरमा निर्देशक निश्चल बस्नेत, प्रदीप भट्टराई, दीपेन्द्र लामा, लक्ष्मण सुवेदी, अभिनेता खगेन्द्र लामिछाने, कर्मा शाक्य, विजय बराल, अभिनेत्री सुरक्षा पन्त, सरिता गिरी, निर्माता सुनिल कुमार थापा, रोहित अधिकारी, गायक सत्यराज र स्वरूपराज आचार्यलगायत थुप्रैको उपस्थिति रहेको थियो ।

प्रिमियरमा फिल्म हेर्ने धेरैले सामाजिक सञ्जालमा फिल्म उत्कृष्ट रहेको प्रतिक्रिया दिएका छन् । निर्देशक सुब्बाकै लेखन रहेको फिल्मले एकल महिला र निसन्तान पुरुषबिचको कथा बोल्छ ।
अभिनेता प्रवीण खतिवडा र अभिनेतृ मिरुना मगरको वरिपरि घुमेको फिल्ममा अभिनेता दयाहाङ राईको पनि सशक्त अभिनय छ । गायक सत्यराज आचार्य र कवि विप्लव प्रतीकको विशेष भूमिकामा छन् ।

कबड्डी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मका निर्माता छायाकार शैलेन्द्र ध्वज कार्की हुन् । विष्णु कुमार लिम्बू मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह–निर्माता रहेको फिल्म भोली शुक्रबारबाट देशभर सार्वजनिक प्रदर्शनमा आउँदैछ ।
निर्देशक सुब्बाको यो दोस्रो फिल्म हो । यस अगाडि ‘जारी’ निर्देशन गरेका सुब्बाको यो फिल्म ‘मनसरा’ पनि दर्शकले रुचाउने अपेक्षा निर्माण युनिटको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण भने छैन’
-
तराई–मधेसका युवाहरूले सुरु गरे ‘हुँकार मधेस’ अभियान
-
तिलगंगाबासी भन्छन् – ‘हामी सुकुमबासी होइनौँ, राज्यले अधिकार हनन् गर्यो’
-
बाराको त्रिवेणी मिल्समा लागेको आगो नियन्त्रणमा
-
नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँ : अर्थमन्त्री वाग्ले
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण