शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

निषेधाज्ञा उल्लङ्घन गर्ने ७ जना प्रहरीको नियन्त्रणमा

बुधबार, २२ वैशाख २०७८, १७ : ३०
बुधबार, २२ वैशाख २०७८

सुर्खेत प्रहरीले निषेधाज्ञा उल्लङ्घन गरेको भन्दै ७ जनालाई नियन्त्रणमा लिएको छ ।  
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका – ६ बसपार्कमा अनिल बिसीले सञ्चालन गरेको स्नोकर हाउसबाट सात जनालाई नियन्त्रणमा लिइएको प्रहरीले  बताएको छ ।  

पक्राउन पर्नेमा  वीरेन्द्रनगरपालिका –३ बस्ने घनश्याम केसी, आकास देवकोटा, वीरेन्द्र शाही, राज घर्ती मगर, बिनय बुढा, आकास प्याकुरेल र कबिर खान रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सुचना अधिकारी रामप्रसाद घर्तीले जानकारी दिए ।
उनीहरुलाई संक्रामक रोग ऐन, २०२० को दफा २ तथा स्थानिय प्रशासन ऐन ,२०२८ को दफा ६ को उपदफा ९३० बमोजिम कारबाही भइरहेको प्रहरीले जनाएको छ ।
सुर्खेतमा बैशाख ३१ गते सम्मका लागि निषेधाज्ञा लागु गरिएको छ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप