नेपाल टेलिकमले भोलीदेखि भीओएलटीई सेवाको सुरुवात गर्दै, के हो भीओएलटीई ?
काठमाडौं । नेपाल टेलिकमले भोलिदेखि भ्वाइस ओभर लङटर्म इभोलुसन (भीओएलटीई) सेवाको परिक्षण गर्दै छ । टेलिकमले विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसर पारेर जेठ ३ गतेदेखि प्रिपेड तथा पोस्टपेड फोरजी मोबाइलमा भीओएलटीई सेवाको सुरुवात गर्न लागेको हो ।
टेलिकमले सेवाहरुमा आधुनिकीकरण गर्ने क्रममा वायरलेस प्रविधिको चांैथो पुस्ताको फोरजीमा एलटीई प्रविधि अन्तर्गत यो सेवा सुरु गर्न गएको जनाएको छ ।
यो सेवाको उपलब्धतासँगै फोरजी मोबाइलमा हाई डेफिनेसन भ्वाइस, डायल गर्नासाथ सम्पर्क कायम हुने नेटवर्कको सहज उपलब्धताका साथै सेवामा थप गुणस्तरीयता महशुस गर्न सकिने कम्पनीले जनाएको छ ।
माग बमोजिम उपलब्ध हुने यो सेवाका लागि नेपाल टेलिकमका सेवाग्राहीले भीओएलटीई सपोर्ट गर्ने आफ्नो मोबाइलबाट *444# डायल गरी प्राप्त निर्देशनहरूको अनुशरण गरी सिममा भीओएलटीई एक्टिभेट गर्नुपर्दछ । यो सेवा मोबाइलमा सक्रिय गर्नका लागि मोबाइलको सेटिङमा गई भीओएलटीई कल फर एनटिसी सिम समेत इनेबल गर्नुपर्दछ र लगत्तै मोबाइल सेटको माथिल्लो लहरमा भीओएलटीईको संकेत देखा पर्दछ ।
भीओएलटीईको संकेत देखा परेपछि *111# डायल गर्नुपर्दछ । नेपाल टेलिकमले यो सेवाको प्रयोगकर्तालाई नेपाल टेलिकमको नेटवर्कमा २८ दिनसम्म प्रयोग गर्न सकिने १०० मिनेट भीओएलटीई भ्वाइस सुविधा एकपटकका लागि निःशुल्क उपलब्ध गराउने टेलिकमले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यान्त्रिक अवस्था ठिक नभएका सवारी साधन चलाउने ५३ जना चालक कारबाही
-
पेरिस ओलम्पिकका लागि स्यान्टु छनोट
-
उथलपुथलको पाँचौँ शृङ्खलामा ‘ग्रिस क्रान्ति’ : साम्राज्यवादविरुद्ध विश्वलाई नयाँ सन्देश दिएको त्यो क्रान्ति
-
एमाले रुपन्देहीको अधिवेशन सर्यो
-
सन्दीपको निलम्बन फुकुवा
-
ललितपुर मेयर्स कप क्रिकेट : एपिएफ एक खेल अगावै फाइनलमा