रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
सारांश
- परराष्ट्र मन्त्री शिशिर खनालले विकास सहकार्यबारे छलफल गर्न भारतीय विदेश मन्त्री एस जयशंकरको निमन्त्रणामा भारत भ्रमण गर्ने भएका छन् ।
- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भ्रमण दलका सदस्य दीपक बोहराले मन्त्री खनालको भारत भ्रमण चाँडै हुने बताएका छन् ।
- यसअघि स्थगित भएको मन्त्री खनालको भारत भ्रमणलाई पुनः तय गरिएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल रास्वपा सभापति रवि लामिछाने स्वदेश फर्किएपछि शनिवार भारत भ्रमणमा जाने भएका छन् । दुई देशबिच हुने विकास सहकार्यको बारेमा छलफल गर्न भारतीय विदेश मन्त्री एस जयशंकरको निमन्त्रणामा परराष्ट्र मन्त्री खनाल भारत भ्रमणमा जान लागेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भ्रमण दलमा रहेका प्रतिनिधि सभा सदस्य दीपक बोहराका अनुसार मन्त्री खनाल चाँडै नै भारत भ्रमण गर्ने भएका छन् । उनले मन्त्री खनाल कहिले जाने भनी मिति नखुलाए पनि भ्रमण चाँडै हुने बताए ।
हिजो रास्वपाका सभापति रवि लामिछाने र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता भएको थियो । सो भेटवार्तामा भारतका प्रधानमन्त्री मोदीले नेपालका वर्तमान सरकारसँग सहकार्य गर्न तयार रहेको र नेपालको तर्फबाट केकस्ता कार्य गर्न सकिन्छ प्राथमिकता अनुसार उपलब्ध गराउन आग्रह गरेका थिए ।
त्यही विषयमा थप छलफल गर्न मन्त्री खनाल भारत भ्रमणमा जान लागेको बताइएको छ । भ्रमणको क्रममा विदेश मन्त्री जयशंकर, वाणिज्य मन्त्री पीयूष गोयललगायतसँग भेटवार्ता गर्ने बताइएको छ ।
यसअघि पनि मन्त्री खनालको भारत भ्रमण तय भएको थियो तर उक्त कार्यक्रम नै स्थगित भएपछि भ्रमण स्थगित भएको थियो । अहिले त्यही भ्रमणलाई रिसेडुल गरेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
रास्वपा सभापति लामिछाने भोलि नेपाल फर्किने छन् । भारतमा उनले प्रधानमन्त्री मोदीसहित गृहमन्त्री अमीत शाह, विदेश मन्त्री एस जयशंकर, भाजपाका अध्यक्ष नितिन नवीन लगायत उच्चस्तरीय भेटघाट गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण