शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सर्वोच्च अदालतमा पहिलोपटक भिडियो कन्फरेन्समार्फत बहस

मङ्गलबार, ०४ जेठ २०७८, १४ : ३१
मङ्गलबार, ०४ जेठ २०७८

सर्वोच्च अदालतमा पहिलोपटक भर्चुअल माध्यमबाट बहस भएको छ । न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा बन्दीप्रत्यक्षीकरण मुद्दामा मंगलबार कानुन व्यवसायीहरुले भिडिओ कन्फरेन्सको माध्यमबाट बहस गरेका हुन् ।

कोभिड–१९ संक्रमणको जोखिमका कारण सर्वोच्च अदालतले भर्चुअल माध्यमबाट इजलासमा बहस गर्ने व्यवस्थाको मिलाएको हो । भर्चुअल माध्यमबाट सर्वोच्चमा पहिलोपटक बहस शुरु भएको बताइएको छ । बन्दीप्रत्यक्षीकरण मुद्दामा अधिवक्ता विजयप्रसाद मिश्र, धर्मराज पौडेल, सर्वोच्चमा कार्यरत वैतनिक वकिल रजिता थापा र दिनेश प्रसाद शर्मा सहितका कानुन व्यवसायीले मंगलबार बहस गरेका छन् । वैतनिक वकिल थापाले कारागारमा थुनामा रहेका बाबुराम पासवानको तर्फबाट बहस गरेकी थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप