आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

नेपाल लाइफको नौलो जीवन बीमा योजना

बिहीबार, ०६ जेठ २०७८, १८ : ३४
बिहीबार, ०६ जेठ २०७८

नेपाल लाइफको नौलो जीवन बीमा योजना

काठमाडौं । जीवन बीमा कम्पनीहरुमै अग्रणी संस्था नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमितहरुलाई नौलो जीवन बीमा योजना ल्याएको छ । कम्पनीले आफ्नो ग्राहकहरुलाई उत्कृष्ट सेवा दिने उद्देश्यले बीमा गरिएको समय सीमा अगावै बीमितहरुलाई अग्रिम भुक्तानी दिने उद्देश्यसहित नौलो योजना अन्तरगत ‘नौलो जीवन समृद्धि जीवन बीमा योजना’, ‘नौलो धन वर्षा जीवन बीमा योजना’ र ‘जीवन उन्नती जीवन बीमा योजना’ ल्याएको हो । 

उक्त योजना अन्तरगत कम्पनीले बीमित जीवित रहेमा बीमा अवधि (करार) पुरा हुनु अगावै बीमालेखको शर्त अनुसार बीमाङ्क रकम (बीमा गरिएको रकम) को निश्चित प्रतिशत रकम बीमितलाई भुक्तानी गरिने र यदि बीमितको बीमा अवधि नसकिँदै मृत्यु भएमा मृत्यु अगाडि बीमितले लिएको रकम समेत नकटाई आश्रित परिवारलाई पुरै रकम भुक्तानी गरिने कम्पनीले जनाएको छ । 

यस योजना अन्तरगत कम्पनीले बीमितको बीमाको करार अवधि अनुसार बीमा सुरु भएको ४ वर्षदेखि बीमितलाई अग्रिम भुक्तानी दिन थाल्नेछ । जसअनुसार कम्पनीले न्यूनतम १० वर्षको बीमा पोलिसी खरिद गर्ने बीमितलाई पहिलो चार वर्षको अन्तमा बीमाङ्कको अधिकतम ४० प्रतिशत भुक्तानी दिनेछ भने दोस्रो ८ वर्षमा बाँकी ६० प्रतिशत भुक्तानी दिनेछ । 

त्यस्तै, १५ वर्षको बीमा करार भएका बीमितले पहिलो ४ वर्षको अन्तमा ३० प्रतिशत, ८ वर्षमा ३० प्रतिशत र १२ वर्षमा बाँकी ४० प्रतिशत अग्रिम भुक्तानी पाउने छन् । त्यस्तै, २० वर्षको करार अवधी भएका बीमितहरुले बीमा भएको पहिलो ४ महिनाको अन्तमा २० प्रतिशत, ८ वर्षमा २० प्रतिशत, १२ वर्षमा २० प्रतिशत र १६ वर्षको अन्तमा बाँकी ४० प्रतिशत भुक्तानी पाउने छन् । 

२५ वर्षको बीमा पोलिसी खरिद गर्ने बीमितले बीमा गरेको पहिलो ४ वर्षको अन्तमा १५ प्रतिशतले, ८ वर्षमा १५ प्रतिशतले, १२ वर्षमा १५ प्रतिशतले १६ वर्षमा १५ प्रतिशतले र २० वर्षमा बाँकी ४० प्रतिशतले पूर्ण बीमाङ्क रकमको अग्रिम भुक्तानी पाउने छन् । 

सो नियमअनुसार यदि बीमालेख चालू रही बीमा अवधि समाप्ती मितिसम्म बीमित जीवित रहेमा बीमालेख अन्तर्गत बीमाङ्क रकम सर्तमा उल्लेख भए बमोजिमको किस्तामा भुक्तानी दिइनुका साथै आर्जित बोनस बीमालेख अवधि समाप्तिमा एकमुष्ट दिइने कम्पनीले जनाएको छ ।

बीमालेख चालू रही बीमा समाप्ती मिति अगावै बीमितको मृत्यु भएमा बीमाङ्क रकम र बीमालेखले आर्जन गरेको नियमानुसारको बोनस रकम एकमुष्ट भुक्तानी दिइने तर एकल बीमा शुल्क भुक्तानी तरिकामा बीमाङ्कको २.५ गुणाले हुने रकम र आर्जित बोनस एकमुष्ट बीमितलाई भुक्तानी गरिने कम्पनीको भनाई छ ।

यसरी भुक्तानी गर्दा अवधि भुक्तानी बापत प्रदान गरेको रकम कट्टा समेत नगरिने कम्पनीको भनाई छ । यस्तो योजनामा न्यूनतम १६ वर्षदेखि अधिकतम ७० वर्ष उमेरका व्यक्तिले बीमा योजनामा भाग लिन पाउने र १० वर्षदेखि २५ सम्मको बीमा पोलिसी खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप