सरकारका गलत कामको प्रतिवाद गर्न राष्ट्रियसभा सदस्यलाई ओलीको निर्देशन
बुधबार, ०६ साउन २०७८, १७ : ३०
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने एमाले सांसदलाई सशक्त प्रतिपक्षको भूमिका खेल्न निर्देशन दिएका छन् । बुधबार बिहान राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने आफ्नो दलका सांसदहरुसँग बालकोटस्थित निजी निवासमा छलफल गर्दै ओलीले अब सांसदहरुको भूमिका फेरिएको बताउँदै सोहीअनुसार प्रस्तुत हुन निर्देशन दिए ।
छलफलमा ओलीले सरकारले गरेका गलत कामको प्रतिवाद गर्न र सशक्त प्रतिपक्षी दलको रुपमा रचनात्मक भूमिका खेल्न निर्देशन दिएको राष्ट्रियसभा सदस्य दिलकुमारी रावल पार्वतीले जानकारी दिइन् ।
ओली निकट राष्ट्रियसभा सदस्यहरु बुधबार बिहान उनलाई भेट्न बालकोट पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी
-
सुदूरपश्चिम प्रदेशमा आयातित औलोका बिरामी बढी
-
चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
-
कोरोनाले मृत्यु भएका तीन जनाको दाहसंस्कार एक हजार दिनपछि
-
प्रधानमन्त्रीसँग एडीबीका उपाध्यक्षको शिष्टाचार भेट
-
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबिच दुई सम्झौतामा हस्ताक्षर