पोर्न चलचित्र मामिला : राज कुन्द्राको कम्पनीबाट शिल्पाद्वारा राजीनामा
पोर्न चलचित्र मामिलामा राज कुन्द्राको गिरफ्तारीपछि मुम्बई प्रहरीको क्राइम ब्रान्चले शिल्पा शेट्टीलाई पनि नोटिस पठाउने अनुमान गरिएको थियो । तर, कुन्द्राको कम्पनी वियान इन्डस्ट्रीजबाट शिल्पाले यसअघि नै राजीनामा दिइसकेको खुलेको छ । शिल्पा कुन्द्राका धेरै व्यवसायमा पार्टनर रहेकी छन् ।
शिल्पा पनि मुम्बई प्रहरीको रडारमा रहेकी छन् । स्रोतका अनुसार पुरा मामिलामा शिल्पाको भूमिका कति छ भनेर प्रहरीले अनुसन्धान गरिरहेको छ । क्राइम ब्रान्चले कम्पनीको पैसाले शिल्पालाई कुनै प्रकारको लाभ भएको छ कि छैन भनेर पनि खोजी गरिरहेको छ ।
क्राइम ब्रान्चले शिल्पाको बैङ्क खाताको पनि जाँच गरिरहेको छ । यसको साथै क्राइम ब्रान्चले शिल्पाले वियान इन्डस्ट्रीजमा निर्देशकको रूपमा कति समय काम गरिन् भन्ने पनि पत्ता लगाउने प्रयास गरिरहेको छ । प्रहरीले शिल्पालाई पुन सम्पर्क गर्न सक्ने बताएको छ ।
क्राइम ब्रान्चका अधिकारीले वियान इन्डस्ट्रीजमा राखिएको सीसीटीभी फुटेजको पनि अध्ययन गरिरहेको छ । अनुसन्धान टोलीले ती व्यक्तिको पनि खोजी गरिरहेको छ जसले एप्सका लागि डिजिटल कन्टेन्ट होस्ट गर्ने सर्भरबाट डेटा डिलिट गरेका छन् । विज्ञहरू डिलिट गरिएको डेटा रिस्टोर गर्ने प्रयास गरिरहेका छन् ।
मिडिया रिपोर्टका अनुसार एक सट्टेबाजी गर्ने कम्पनीबाट कुन्द्राको खातामा ठूलो रकम ट्रान्सफर गरिएको छ ।
स्रोत : दैनिक भास्कर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइफोन १८ प्रोका तस्बिर र प्राविधिक विवरण डार्क वेबमा
-
बजेट विवादका कारण कोशी प्रदेशसभा बैठक पुनः स्थगित
-
‘कङ्गाल करोडपति’मा मुकुनको जोडी बन्दै सलिना
-
एआई चिप बनाउन ५७६ अर्ब डलर खर्च गर्दैछ दक्षिण कोरिया
-
अजय देवगनको आगामी फिल्म ‘चौहान’ विवादमा
-
भाडा नतिर्ने ४५ उद्योगको लाइन काटियो, दुई सातामा ४२ करोड बक्यौता असुल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण