शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा र एटीएम सेवा बिस्तार

सोमबार, ११ साउन २०७८, १२ : ४२
सोमबार, ११ साउन २०७८

काठमाडौं । सनराइज बैंक लिमिटेडले बाराको बारगढी गाउँपालिका वडा नं.–२ बिसुनपुर्वामा शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । यसैगरी, बैंकले कपिलवस्तुको कपिलवस्तु नगरपालिका वडा नं.६ बर्मेली टोल स्थित सशस्त्र प्रहरी बल नेपाल नं. २८ गण हेक्कामा ए.टी.एम सेवा संचालनमा ल्याएको छ । 

ए.टी.एम सेवाको माध्यमबाट भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत ए.टी.एम सेवा अन्तर्गत ए.टी.एम कार्ड र बिना ए.टी.एम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । सशस्त्र प्रहरी बलमा प्रहरी कर्मचारीहरु र स्थानीयलाई लक्षित गरी  बैंकिङ्ग पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ । 

बैंकले उदयपुरको त्रियुगा नगरपालिका वडा नं.–७, चुहाडेमा पनि आफ्नो ७८ औं शाखा रहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप