लुम्बिनी सरकारले उपयुक्त समयमा विश्वासको मत लिन्छ : मन्त्री चौधरी

person explore access_timeसाउन १२, २०७८ chat_bubble_outline0


विपक्ष गठबन्धन लामो समयदेखि विश्वास मत लिन प्रदेश सरकारलाई दबाब दिइरहेका बेला लुम्बिनी प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले सरकारले उपयुक्त समयमा विश्वासको मत लिने तयारी गरेको बताएका छन् ।मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय सार्वजनिक गर्ने क्रममा आर्थिक मामिला तथा योजना मन्त्री चौधरीले भने, 'मिति फिक्स छैन । तर सरकारले विश्वासको मत लिन्छ, पास भए सरकार चलाउने हो, नपाए छाड्नुपर्छ त्यो स्वाभाविक हो ।'

​मन्त्री चौधरीले जनता समाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षले पाए पनि प्रदेश सरकारलाई फरक नपर्ने दाबी गर्दै केन्द्रको छुट्टै​ प्रदेशमा छुट्टै समीकरण बन्न सक्ने बताए । उनले भने, 'अहिलेसम्म जसले सहयोग गरेर सरकार चलेको छ, त्यसरी चल्छ । उहाँहरूले साथ  दिन छाड्दा सरकार पनि रहँदैन ।'

यस्तै आज बसेको  प्रदेश सरकारको बैठकले लुम्बिनी प्रदेश सरकारले बालविवाह अन्त्यको लागि लुम्बिनी प्रदेशको रणनीति स्वीकृति प्रदान गरेको छ । भने प्रदेश खेलकुद विकास नियमावली–२०७८ स्वीकृत गर्ने निर्णय गरेको  छ । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।