शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

लमजुङमा एमाले र माओवादीको यस्तो आह्वान

बुधबार, १५ कात्तिक २०७४, १० : ५५
बुधबार, १५ कात्तिक २०७४

बेसीशहर–नेकपा एमाले र नेकपा माओवादी केन्द्र लमजुङले स्थिरता, सुशासन र समृद्धीका लागि आफ्ना उम्मेद्वारलाई बिजयी गराउन अनुरोध गरेको छ ।
    नेकपा एमालेका केन्द्रीय सदस्य एवं लमजुङ ईन्चार्ज मायानाथ अधिकारी र नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य एवं लमजुङ ईन्चार्ज पारसमणी पौडेलले संयुक्त रुपमा जारी गरेको अपिलमा मुलुकको राजनीतिक स्थायीत्व, विकास, समृद्धि र समाजवादी समाज निर्माणका लागि वामपन्थी गठबन्धनलाई सहयोग गर्दै सफलतामा पु¥याउन अनुरोध गरिएको हो । 

अपिलमा ६ दशक लामो बलिदानी पूर्ण संर्घषपछि नेपालको राजनीतिमा आएको गुणत्मक परिवर्तन संघीयता, समावेशिता, धर्म निरपेक्षतासहितको समाजबाद उन्मुख लोकतान्त्रिक गणतन्त्रात्मक प्राप्त भएकोले यसलाई संस्थागत गर्न वाम गठबन्धनलाई विजय गराउन आब्हान गरिएको छ । 
‘नेपालका ठूला कम्युनिष्ट पार्टीहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्र को पहल र नेतृत्वमा सम्पूर्ण वामपन्थी, प्रगतिशिल र लोकतान्त्रीक राष्ट्रवादी शक्तिहरु धुव्रीकृत र एकिकृत हुँदै एउटै कम्युनिष्ट केन्द्र निर्माण गर्ने महान अभियानको थालनी भएको छ । यो अभियानलाई सार्थक बनाउन पनि वामगठबन्धनलाई बिजयी गराउनु पर्छ ।’ अपिलमा उल्लेख गरिएको छ ।   
  वामगठबन्धनका तर्फबाट साझा उम्मेद्वारहरु संघीय प्रतिनिधिसभाका लागि नेकपा (माओवादी केन्द्र) का केन्द्रीय कार्यालय सदस्य कमरेड देवप्रसाद गुरुङ, प्रदेशसभा (क) का लागि नेकपा एमाले लमजुङका अध्यक्ष कमरेड धनञ्जय दवाडी र प्रदेश सभा (ख) का लागि नेकपा एमाले केन्द्रीय सचिव एवं संगठन विभाग प्रमुख कमरेड पृथ्वीसुब्बा गुरुङ चुनावी मैदानमा उत्रिएका छन् । 
 अपिलमा सशक्त, अग्रगामी, लोकप्रिय उम्मेद्वारहरुलाई मतदान गरी नेपालको आवश्यकता र सुखी नेपाली तथा समृद्ध नेपाल निर्माण गर्ने मूल उद्धेश्यमा सरिक हुन आम मतदाता जिल्लाबासीमा अनुरोध गरिएको छ । यो अभियानलाई सफल पार्न यसअघि दुबै पार्टीको जिल्ला इन्चार्ज सम्मिलित निर्वाचन परिचालन कमिटी गठन गरिएको थियो । 
         
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

समुन्द्रा घिमिरे
समुन्द्रा घिमिरे
लेखकबाट थप