काठमाडौँबाट अमेरिका पठाउने नाममा ठग्ने गिरोह सक्रिय
काठमाडौँ । काठमाडौँबाट अमेरिका पठाउने भनेर ठग्ने गिरोह सक्रिय देखिएका छन् । भिजिट भिसा लगाएर नेपालमा दुबई लैजाने र त्यहाँकाबाट ‘अमेरिकाको प्रोसेस हुँदै छ’ भनेर महिनौँ त्यहाँ राखेर बिचल्ली बनाउने गिरोह सक्रिय भएका हुन् ।
अमेरिका सपना बुनेर नेपालगञ्जबाट दुबई गएर त्यहाँ एक महिना बसेर फर्केका एकजना युवकका अनुसार रुकुम घर भएका कृष्ण चन्द, निराजन नेपाली र झापा घर भएका गोविन्द थापा क्षेत्री गिरोहका मुख्य नाइके हुन् । उनीहरू दुबईमा बसेर नेपालबाट आफ्ना एजेन्टहरुमाार्फत मानिसहरूलाई त्यहाँ लैजान्छन् ।
दुबईबाट फर्केपछि रातोपाटीको सम्पर्कमा आएका ती युवक भन्छन्,‘अरू धेरै गइसकेका छन्, जाऔँ भनेर मलाई दुबई लगेका हुन् तर, उनीहरूले भने अनुसार अमेरिका नपठाएपछि म फर्किएँ ।’
दुबई पुग्दासम्म बिचौलियाहरूले आफ्नो ३० लाख भन्दा धेरै रकम लगिसकेको उनले बताए । उनी भन्छन्,‘अमेरिका पुग्न ७० लाख लाग्छ भनेका थिए ।’
२०८० फागुनमा दुबई पुगेपछि आफूलाई उनीहरुले त्यहाँ होस्टलमा राखेको बताए । होस्टलमा महिना दिन बस्दासम्म उनीहरुले भनिरहे,‘अमेरिका चाँडै पठाउँछौँ ।’
काठमाडौँबाट अमेरिकाको लोभ देखाएर कृष्ण चन्दसहितको समूहले दुबईमा लगेर धेरैलाई बिचल्ली बनाएको आफूले देखेको ती युवकले बताए । गिरोहमा आबद्ध तिनैजना धेरै जसो समय दुबईमा बस्छन् । काठमाडौँबाट ‘चार्टर्ड विमान’ मार्फत सिधै मेक्सिको पठाउँछौँ भनेर उनीहरूले पीडितहरूलाई लोभ देखाउँछन् । तर, अन्तिममा चार्टर्ड विमान क्यान्सिल भयो भनेर दुबई लैजाने गरेका हुन् ।
चन्द र नेपालीले सुरुमा पीडितसँग डिल गर्छन् । उनीहरू सम्पर्क विहीन भएपछि गोविन्द थापा क्षेत्रीले सम्पर्क गरेर थप रकम असुल्छन् । अमेरिकाको नक्कली भिसा र टिकट दिएर उनीहरुले आफूसँग रकम असुलेको पीडितको भनाइ छ । नेपाल फर्केर उनले मानव बेचबिखन अनुसन्धान ब्यूरोमा उजुरी दिएका छन् । दुबईमा लगेर अलपत्र पार्ने गिरोह विरुद्ध जाहेरी आएको मानव बचेविखन ब्यूरोका प्रहरी उपरीक्षक गौतम मिश्रले रातोपाटीलाई बताए । उनले भन,‘अमेरिका पठाउने नाममा अरू देशमा लगेर अलपत्र पार्ने गरेको घटना हाम्रो नोटिसमा छ, त्यसबारे अनुसन्धान गरिरहेका छौँ ।’
(दुबईबाट फर्केर प्रहरीमा उजुरी गर्ने युवाको पहिचान उनको आग्रहमा गोप्य राखेका छौँ–सम्पादक)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण