शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सभापति देउवाले बोलाए पदाधिकारी बैठक

मङ्गलबार, ०५ असोज २०७८, २१ : २८
मङ्गलबार, ०५ असोज २०७८

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारीको बैठक बोलाएका छन् । प्रधानमन्त्री समेत रहेका देउवाले बुधबार दिउँसो तीन बजे आफ्नो निजी निवास बूढानीलकण्ठमा बैठक बोलाएका हुन् ।

मन्त्री छनोटका लागि बैठक बोलाइएको एक नेताले रातोपाटीलाई जानकारी दिए । मंगलबार बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले नेता नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने प्रस्ताव राखेका थिए । 

गठबन्धनको बैठकमा खड्कालाई परराष्ट्रमन्त्री बनाउने सहमति भएपछि देउवाले पदाधिकारी बैठक बोलाएको बुझिएको छ । खड्का काँग्रेसमा सबै पक्षले मान्य नेता हुन् ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप