आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

नारीवादी सामाजिक अभियन्ता कमला भासिनको निधन

शनिबार, ०९ असोज २०७८, १० : २८
शनिबार, ०९ असोज २०७८

नारीवादी सामाजिक अभियन्ता कमला भासिनको निधन भएको छ । उनको शनिबार बिहान ३ बजे निधन भएको हो ।

शनिबार बिहान अभियन्ता कबिता श्रीवास्तवले ट्विट गर्दै कमला भासिनको निधन भएको जानकारी दिएकी हुन् । 

भासिनले सन् १९७० देखि दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका लागि आवाज उठाउँदै आइरहेकी थिइन् । 

उनले महिला अधिकारका विषयमा थुप्रै पुस्तकहरू पनि लेखेकी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप