पशुपतिमा ‘बाबा’माथि खुकुरी प्रहार
सोमबार, ११ असोज २०७८, १३ : ०४
पशुपतिनाथ मन्दिर क्षेत्रमा साधुमाथि खुकुरी प्रहार गरिएको छ । सोमबार बिहान सन्तोष बाबालाई अज्ञात व्यक्तिले खुकुरीले हानेर भागेको महानगरीय प्रहरी कार्यालयका एसपी सुशील राठौरले रातोपाटीलाई बताए । विश्वरुपा मन्दिर नजिकै ३५ वर्षका सन्तोष बाबा शौचालयतर्फ जाँदै थिए ।
एकजना व्यक्ति आएर उनलाई भने–‘माल निकाल ।’ प्रहरीका अनुसार ती व्यक्तिले ‘माल निकाल’ भनेर गाँजा मागेको थाहा भएको छ । हिन्दी भाषा मात्र बोल्ने सन्तोषले ‘छैन’ भनेपछि ती व्यक्तिले खुकुरी हानेका थिए । खुकुरी प्रहारबाट घाइते भएका सन्तोष बाबाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । महानगरीय प्रहरी वृत्त गौशालाले घटनाबारे अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मतदानका दिन यी सवारी साधनलाई हुँदैन रोकावट
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
जापानका प्रधानमन्त्रीले फ्रान्स, ब्राजिल र पाराग्वेका भ्रमण गर्ने
-
आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने
-
पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह सम्पन्न
-
अफगानिस्तानमा बाढीले ७० विद्यालय तथा मदरसा क्षतिग्रस्त