शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेसँग प्रतिवाद नगरी निर्वाचन जित्न सकिँदैन : प्रचण्ड

शनिबार, १६ असोज २०७८, १५ : ५१
शनिबार, १६ असोज २०७८

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेसँग प्रतिवाद गरेर अघि बढन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् । पार्टीको सम्पर्क समन्वय विशेष प्रदेश समितिले शनिबार ललितपुरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले सो निर्देशन दिएका हुन् ।

अध्यक्ष दाहालले एमाले नेता, कार्यकर्ताको प्रतिवाद नगरी आगामी निर्वाचन जित्न नसकिने निष्कर्ष समेत सुनाए । अबको डेढ वर्ष एमाले गणतन्त्र विरोधी, संघीयता विरोधी रहेको भन्दै जनतामा जान पनि उनले पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए । 

अध्यक्ष दाहालले आफ्ना पार्टीका लडाकु कार्यकर्तामाथि एमालेले आक्रमण गर्ने प्रयास गरिरहेको उल्लेख गर्दै त्यसो गरे आफ्नो पार्टीले एमाले विरुद्ध देशभर प्रतिवाद गर्ने चेतावनी समेत दिए । उनले भने, ‘केपीको हातमा नेतृत्व छ र उनले फेरि एकचोटी माओवादीलाई सखाप गर्ने रणनीति लिएका छन् । उनले डेढ वर्ष भित्र हामी सरकारमा जान्छौ भनेका छन् । देशैभर एमालेसँग प्रतिवाद नगरी चुनाव जितिँदैन ।’

अध्यक्ष दाहालले देश, संविधान र गणतन्त्र बचाउनका लागि पनि एमाले विरुद्ध सशक्त ढंगले अघि बढ्नुपर्ने तर्क समेत गरे । केपी ओलीले छलकपटको बाटो लिएपछि उनीविरुद्ध पार्टी हेडक्वार्टरमै बमबारी गर्नु परेको दाहालले दोहोर्याए । उनले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफूले धेरै दुःख गरेको बताउँदै उनले प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनमा विजयी भएसँगै आफू खुसी भएको प्रतिक्रिया दिए ।

अध्यक्ष दाहालले भने, ‘आज म खुसी छु । अब म देशलाई माया गर्ने, जनतालाई माया गर्ने असल मान्छे, उत्पीडित क्षेत्र, जनतालाई माया गर्ने मान्छे । राष्ट्रको हित गर्ने सबै मान्छेहरूसँग सहकार्य भएको छ ।’ उनले भने, ‘मैले पाँचै वर्ष प्रधानमन्त्री दिँदा खाइन । तर डेढ वर्षका लागि प्रधानमन्त्री खाइदिनुस भनेर शेरबहादुरजीलाई धेरै पटक भनियो । उहाँलाई धेरै दुःख गरेर प्रधानमन्त्री हुन तयार पारियो ।’

अध्यक्ष दाहालले एमालेसँग पार्टी एकता गर्नु सही भएको बताए । तर केपी ओलीको जालझेल सहन नसकेपछि आफूहरुले पार्टी भित्रैबाट विद्रोह गर्नुपरेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप