ad

गणेशमानको परिवारले अब पार्टीको नेतृत्व गर्छ : प्रकाशमान सिंह

person explore access_timeकात्तिक ४, २०७८ chat_bubble_outline0

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नेतृत्वले परम्परा र मूल्य–मान्यता विपरीत काम गरेकाले पार्टी कमजोर भएको बताएका छन् । बिहीबार धादिङमा भएको काँग्रेस धुनिबेसि नगर समितिको कार्यलय उद्घाटन कार्यक्रममा नेता सिंहले १३ औं महाधिवेशनपछि पार्टीको नेतृत्वले विधि पद्धति र मूल्य–मान्यता पालना गर्न नसक्दा पार्टी कमजोर भएको बताए ।


उनले विधिसम्मत र संस्थागत रुपमा पार्टीलाई अगाडि बढाउनको लागि सक्षम नेतृत्वको आवश्यकता रहेको समेत बताए । पार्टीका सिनियर नेताहरुलाई सम्मान गर्ने तर अवसर पाउँदा पनि काम गर्न नसक्नेलाई नेतृत्व सुम्पिन नहुने उनको भनाइ थियो । साथै उनले पार्टीको आसन्न १४ औं महाधिवेशन कुनै पनि हालतमा तोकिएकै मितिमा हुनुपर्ने बताए ।



‘महाधिवेशन कुनै पनि हालतमा तोकिएकै मितिमा गर्नुपर्दछ । क्रियाशील सदस्यता विधि र पद्धतिअनुसार वितरण हुनुपर्छ,’ उनले भने, ‘यसअघिको सहमति अनुसार नै पार्टीको अधिवेशन अगाडि बढाउनुपर्दछ । यसमा नेतृत्वले ध्यान दिन जरुरी छ ।’



समयमा अधिवेशन गर्न नसकेको काँग्रेसले कसरी देश विकास गर्न सक्छ भनेर जनताले प्रश्न गर्न सुरु गरिसकेको उनको भनाइ छ । पार्टीलाई ठिक ठाँउमा ल्याउनको लागि विधि र पद्धतिको सबैले पालना गर्नुपर्ने सिंहले बताए ।
पार्टी सभापतिको गृह जिल्लामा भएको महाधिवेशन प्रहरीको घेराभित्र भएकाले पार्टीको छवि विग्रीएको उनको आरोप छ ।



अधिवेशन हुँदा सबैलाई पद चाहिने तर पदमा पुगिसकेपछि काम गर्न नसक्ने परिपाटी अब सुधार गर्नुपर्ने उनले बताए । राजनीति सेवाको क्षेत्र भएकाले मेवाको आस गरेर यस क्षेत्रमा लाग्न नहुने सिंहले बताए । गणेशमानको परिवारले सँधै त्याग मात्रै गरेको भन्दै अब पार्टीको नेतृत्व पनि गर्ने उनले दाबी गरे ।



पार्टीभित्रको ए काँग्रेस, बी काँग्रेस र सी काँग्रेस हटाउनुपर्ने उनको धारणा छ । जनताको ईच्छा र चाहनाअनुसार काम गर्नसक्ने पार्टीको रुपमा काँग्रेसलाई पुनस्थापित गर्न आफू लागी परेको उनले दाबी गरे । हरेक आन्दोलनमा आफूले संघर्ष गर्दै आएको भन्दै उनले  गणेशमानको छोरा भएर मात्र राजनीतिमा नआएको बताए । राजनीतिमा प्रवेश गर्न आफ्नो छुट्टै संघर्ष रहेको बताउँदै सिंहले  धेरै अवरोधहरूको समाना गर्दै आएको स्मरण गरे ।



अरु क्षेत्रमा असफल भएर आफू राजनीतिमा आएको व्यक्ति नभएको उनले स्पष्ट पारे । अब जनताले चाहेको आर्थिक सम्पन्नताको अभियानमा पनि काँग्रेसले नै नेतृत्व गर्ने र त्यसका लागि ठीक नेताको आवश्यक रहेको उनको जिकिर छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।