शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बदामको बोक्रा निकालेरै किन खानुपर्छ ? के भिजाएपछि थुप्रै गुणा बढ्छ बदामका फाइदा ?

आइतबार, ०७ कात्तिक २०७८, १६ : १९
आइतबार, ०७ कात्तिक २०७८

बदामलाई भिजाएर यसको बोक्रा निकालेर खान सल्लाह दिइन्छ । तर के भिजाएको बदाम साँच्चै नै राम्रो हुन्छ ? के यसले केही अतिरिक्त स्वास्थ्य लाभ प्रदान गर्छन् ? यसबारे जानकारी लिऔं ।

बदाम खानुका फाइदाः

बदाम पोषक तत्वले भरिपूर्ण हुन्छन् र फाइबर, प्रोटिन, भिटामिन ई, म्याग्नेसियम, म्यागनिज, कपर, फस्फरस र अन्य थुप्रै तत्वका उत्कृष्ट स्रोत हो । यी सबै पोषक तत्वले तौल घटाउन, हड्डीलाई स्वस्थ राख्न, मूडमा सुधार, मुटुरोग, क्यान्सर र मधुमेहको जोखिम कम गर्न मद्दत गर्छ ।

अध्ययनका अनुसार बदाम, ओखर र बदामको नियमित सेवनले स्तन क्यान्सरको खतरालाई कम गर्न सकिन्छ । बदामले शरीरमा एन्टिअक्सिडेन्टको स्तरलाई बढाउँछ, रक्तचापलाई कम गर्छ र रक्तसञ्चारमा सुधार ल्याउँछ ।

तपाईंले अत्यधिक लाभका लागि बदामलाई रातभरी भिजाएर राख्न सक्नुहुन्छ ।

बदाम किन भिजाउने ?

१. पाचनशक्तिमा सुधारः

भिजाएको बदाम काँचो वा भुटेका बदामको तुलनामा पचान सहज हुन्छ । जे पनि खानेकुरा भिजाएपछि चपाउन सजिलो हुन्छ र पाचन तन्त्रका लागि यसलाई टुक्रा पार्न नरम पनि हुन्छ । भिजाएपछि बदामको फाइदा थुप्रै गुणा बढ्ने गर्छ ।

२. अतिरिक्त पोषणः

बदामलाई भिजाएपछि पोषक तत्वको उपलब्धता निकै राम्रो हुने गर्छ र एन्टीअक्सिडेन्ट र फाइबरको लाभ बढ्ने गर्छ । भिजाएपछि ती अशुद्धि पनि टाढा राख्न सकिन्छ जसले केही पोषक तत्वको अवशेषणलाई रोक्न सक्छ ।

३. तौल घटाउनमा सुधार गर्छः

भिजाएका बदाममा लाइपेज नामका एन्जाइम हुन्छन् जसले मेटाबोलिजमलाई बढाउँछ र तौल घटाउन मद्दत गर्छ । त्यसैले यदि तपाईं तौल घटाउने योजना बनाइरहनुभएको छ भने तपाईंले यसलाई आफ्नो खानामा कुनै पनि हालतमा समावेश गर्नुपर्छ ।

४. फाइटिक एसिड हटाउँछः

बदामलाई नभिजाउँदा त्यसमा भएका फाइटिक एसिड निस्कने गर्छ जसले अन्ततः पोषक तत्वको अवशोषणमा बाधा उत्पन्न गर्छ । त्यसैले नभिजाएको बदाम खाँदा त्यसमा भएको जिंक र आइरन राम्रोसँग भिज्न पाउँदैनन् ।

सल्लाहसहितको यो सामग्रीले सामान्य जानकारी प्रदान गर्छ । यो कुनै प्रकारको योग्य चिकित्सकको सल्लाहको विकल्प होइन । थप जानकारीका लागि सधैं कुनै विशेषज्ञ वा आफ्नो चिकित्सकसँग परामर्श लिन सक्नुहुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप