शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँबाट ११ जना अफगानी ‘शरणार्थी’ नियन्त्रणमा

सोमबार, ०८ कात्तिक २०७८, १० : ४९
सोमबार, ०८ कात्तिक २०७८

काठमाडौं । काठमाडौंको सिनामंगलबाट अफगानिस्तानबाट आएका ११ जना शरणार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अफगान मुलका ११ जनालाई सिनामंगलस्थित एक होटलबाट सोधपुछका लागि नियन्त्रणमा लिइएको केन्द्रीय अनुसन्धान ब्यूरोका एसपी श्याम कुमार महतोले रातोपाटीलाई बताए । तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेपछि उनीहरु शरण खोज्दै नेपाल आएको बताइएको छ ।

अफगानीहरु बिना अनुमती नेपाल आएको पुष्टि भए अध्यागमन कानुन अनुसार कारबाही गरिने गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) फणिन्द्रमणी पोखरेलले बताएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप