आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

यो वर्षको मदन पुरस्कार भगिराजलाई, भैरवबहादुरलाई जगदम्बा

बुधबार, २४ कात्तिक २०७८, १८ : ०९
बुधबार, २४ कात्तिक २०७८

२०७७ सालको मदन पुरस्कार भगिराज इङ्नामलाई प्रदान गरिएको छ । बुधबार मदन पुरस्कार गुठीले एक कार्यक्रमका बीच पुरस्कार प्रदान गरेको हो । सोही कार्यक्रममा भैरवबहादुर थापालाई जगदम्बा–श्री सम्मान प्रदान गरियो ।

भगिराज इङ्नामको ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह संवत् १७१९–२०२०’ पुस्तकलाई २०७७ सालको मदन पुरस्कार दिइएको हो भने नेपाली नृत्य विधाको अध्ययन, अनुसन्धान गरी उचाइ प्रदान गरेबापत भैरवबहादुर थापाले जगदम्बा–श्री पुरस्कार २०७७ पाएका हुन् । 

ललितपुरको रातो बङ्गला स्कुलको सभाहलमा आयोजित कार्यक्रममा जनही  चार लाख रुपैया नगद पुरस्कार राशिसहित सम्मानपत्र गुठीका अध्यक्ष कुन्द दीक्षितले प्रदान गरेका थिए । मदन पुरस्कारको स्थापना २०१२ असोज १० गते स्थापना भएको हो ।

पहिलो मदन पुरस्कार २०१३ सालमा सत्यमोहन जोशीले ‘हाम्रो लोक संस्कृति’ कृतिबाट पाएका थिए । यसैगरी जगदम्बा–श्री पुरस्कारको स्थापना २०४५ सालमा भएको हो । यो पुरस्कार पाउने पहिलो व्यक्ति स्वर सम्राट नारायण गोपाल रहेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप