राज्य पुनर्संरचनापछिको पहिलो जनगणनाको खास महत्त्व छ : मुख्यमन्त्री राउत

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जनगणनाको खास महत्त्व रहेकाले सही तथ्याङ्क लेखाउन प्रदेशवासीसँग अनुरोध गरेका छन् । उनले विज्ञप्ति जारी गर्दै राज्यको पुनर्संरचनापछि अर्थात् देशले संघीय शासन प्रणाली अँगालेपछिको यो पहिलो जनगणना भएकाले यसको खास महत्त्व रहेको उल्लेख गरेका छन् ।
प्रदेशमा आधारित भएर हालसम्म यति ठूलो कुनै पनि अध्ययन अनुसन्धान यसअघि नभएको भन्दै उनले २०७२ सालमा संविधान जारी भएसँगै प्रदेशहरुको स्थापना भए पनि हालसम्म प्रदेशहरुको आफ्नै तथ्याङ्क नरहेको जनाएका छन् ।
२०६८ सालमा राज्यको पुरानो संरचना अन्तर्गत गरिएको जनगणनाका तथ्याङ्कलाई नै उपयोग गरेर यहाँसम्म आइपुगेको भन्दै मुख्यमन्त्री राउतले अहिलेको जनगणनाले नेपालमा पहिलो पटक प्रादेशिक मोडलमा आधारित जनसंख्या र तथ्याङ्क उपलब्ध गराउने बताए ।
उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सबै प्रश्नहरु धैर्यतापूर्वक सुनेर सही जवाफ दिन प्रदेश सरकार सम्पूर्ण प्रदेशवासी दाजुभाइ, दिदीबहिनीहरुलाई हार्दिक अनुरोध गर्दछ ।’
कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्मका लागि गणकहरु पारिवारिक र व्यक्तिगत विवरण लिन घरघरमा खटिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिकोणात्मक टी–ट्वान्टी आई सिरिजः नेदरल्यान्ड्समाथि नेपालको रोमाञ्चक जित
-
इरानले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ नेतन्याहूको चेतावनी
-
इरान इजरायल तनाव: हालसम्म कतिको मृत्यु, कति घाइते ?
-
नेदरल्यान्ड्सविरुद्ध भुर्तेलको अर्धशतक, नेपाल जिततर्फ
-
कर्णालीमा बजेट असार १ गते ल्याइयो, राजस्व र विनियोजन विधेयक बिहीबार
-
कार्यभार सम्हालेपछि महानगर प्रहरी प्रमुख पाण्डेले भने - पुरानो कुरा बिर्सिन चाहन्छु