आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

राजेश खन्नाको गाडीको धुलोले युवती आफ्नो सिउँदो भर्थे

बुधबार, १४ पुस २०७८, १४ : ११
बुधबार, १४ पुस २०७८

राजेश खन्नालाई भारतीय फिल्म उद्योगका पहिलो सुपर स्टार मानिन्छ । उनको कपालको स्टाइल होस् वा सर्टको स्टाइल अथवा हेर्ने तरिका होस्, उनले सिनेमा प्रेमीको पूरा एक पीढीलाई सम्मोहित गरेर राखे ।

राजेश खन्नामाथि बहुचर्चित किताब ‘द अनटोल्ड स्टोरी आफ इन्डियाज फर्स्ट सुपरस्टार’ लेख्ने यासिर उस्मान भन्छन्, ‘बंगालकी एक वृद्ध महिला थिइन् । उनलाई मैले राजेश खन्ना तपाईंका लागि के हुन् भनेर सोधेँ । उनले भनिन्, ‘तपाईंले बुझ्नुहुने छैन । जब हामी उनको फिल्म हेर्न जान्थ्यौं तब मेरो र उनको बकाइदा डेट हुने गर्दथ्यो ।’

‘म मेकअप गरेर, ब्युटी पार्लर गएर, राम्रो कपडा लगाएर जान्थेँ र मलाई लाग्थ्यो कि उनले पर्दातिर हेरेर आँखा झिम्काइरहेका छन् वा टाउको हल्लाइरहेका छन् वा मुस्कुराइरहेका छन्, त्यो सबै मेरो लागि गरिरहेका छन् । हलमा बसेर हरेक युवतीलाई यस्तै महसुस हुन्थ्यो ।’

‘जुन मास हेस्टेरियाको मानिसहरुले कुरा गरिरहेका छन्, त्यसको अनगिन्ति किस्सा मैले सन्न पाएँ, कसरी उनको सेतो गाडी युवतीको लिपिस्टिकको रङले गुलाबी हुने गर्दथ्यो र कसरी उनको गाडीको धुलोले युवतीले आफ्नो सिउँदो भर्दथे । यो कसैले बनाएको मनगढन्ते कहानी होइन, वास्तविक किस्सा हुन् ।’

सुरुदेखि नै अहंकारी र लेटलतिफ

सन् १९६५ मा राजेश खन्नाले युनाइटेड प्रोड्युसर्स र फिल्मफेयर प्रतिभा खोज अभियानमा बाजी मारेका थिए । त्यसपछि उनले कहिल्यै पछाडि फर्केर हेर्नुपरेको छ । यासिर उस्मान भन्छन्, ‘यूनाइटेड प्रोडयुसर्समा बीआर चोपडा, जी पी सिप्पी र शक्ति सामन्तजस्ता निर्देशक हुने गर्दथे ।’

‘यी सबै मिलेर कोही राम्रो अभिनेता खोज्ने काम गरिरहेका थिए । यसमा धेरै मानिस छानिएको थिए जस्तै विनोद मेहरा, राजेश खन्ना र फरिदा जलाल । राजेश खन्नालाई ‘तपाईंले के सुनाउन सक्नुहुन्छ ?’ भनेर सोध्दा उनको थिएटरको एउटा चर्चित डायलग थियो, त्यो सुनाएपछि अन्ततः उनी छानिए ।’

‘जिपी सिप्पी साहबले सबैभन्दा पहिला उनलाई एउटा फिल्म ‘राज’ दिए, यसमा उनको दोहोरो भूमिका थियो । त्यसपछि उनले चेतन आनन्दको ‘आखिरी खत’ हस्ताक्षर गरे । तर ‘आखिरी खत’ पहिला रिलिज भयो र फ्लप भयो । राजेश खन्ना अहंकारी थिए र सेटमा सधैं ढिला हुन्थे भन्ने गरिन्थ्यो ।’

‘मैले मानिसहरुलाई सोधेँ, ‘के उनी ‘राज’को बेलादेखि नै यस्तै थिए । जब पहिलो दिन उनको सुटिङ थियो तब उनलाई बिहान ८ बजे बोलाइएको थियो तर उनी ११ बजे पुगे । नयाँ केटा, पहिलो सुट, यस्तो ढिला कसरी गर्नसक्छ ? केहीले उनलाई घुरेर हेरे, सिनियर प्राविधिकले थोरै गाली पनि गरे ।’

‘उनले भने, ‘हेर्नुहोस्, अभिनय र करियर बाल मतलब । म कुनै पनि चिजका लागि आफ्नो जीवनशैली फेर्ने छैन । ’ त्यसपछि सबै चुप । यस्तो सोच्ने व्यक्तिको दुईवटा कुरा निश्चित छ । या त यी व्यक्ति धेरै माथि जान्छन् वा धेरै तल खस्किन्छन् ।’

राजेश खन्नालाई ‘आराधना’ नामको फिल्मले राष्ट्रिय पहिचान दिलायो । हुन त यो फिल्म शर्मिला टेगोरका लागि बनाइएको थियो तर यसले राजेश खन्नालाई लञ्च गर्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप