दुर्गा अवतारमा ड्रिम गर्ल हेमा
बिहीबार, १५ पुस २०७८, १७ : २२
बलिउडकी ड्रिम गर्ल अर्थात अभिनेत्री हेमा मालिनी दुर्गा अवतारमा देखिएकी छन् । मंगलबार युपीको काशी नगरमा आयोजित तीन दिने ‘काशी फिल्म महोत्सव’ मा उनी दुर्गा अवतारको नृत्यसहित प्रस्तुत भएकी हुन् । राजनीतिक नेता, बलिउडका वरिष्ठ कलाकारहरुको समेत सहभागिता रहेको महोत्सवमा हेमाले गंगा नृत्य, शिव पार्वती नृत्य समेत प्रस्तुत गरेकी थिइन् ।
बीजेपी सांसद समेत रहेकी हेमाले महोत्सवमा भरत नाट्य शैलीमा नृत्य प्रस्तुत राखेकी थिइन् । हेमाको नृत्य नाटक शिव, दुर्गा र महिषासुरमा आधारित थियो । जसलाई दर्शकले निकै चासो लिएर हेरे । अभिनेत्रीबाट राजनीतिमा छलाङ मारेकी हेमा अहिले ७३ वर्षकी भएकी छन् । १५० बढी फिल्ममा काम गरेकी उनी पछिल्लो समय फिल्म ‘शिमला मिची’ मा देखिएकी थिइन् । फिल्ममा उनको साथमा राजकुमार राव र रकुलप्रीत सिंह रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण
-
कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो
-
लुम्बिनीमा बृहत् वृक्षारोपण अभियान सुरु
-
चिकित्सकमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ
-
घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु
-
कुनै पनि अन्तर्राष्ट्रिय शक्तिप्रति अनावश्यक झुकाव नराख्ने रास्वपाको नीति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण