चिकित्सकमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ
सारांश
- जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा एक युवकले मादक पदार्थ सेवन गरी चिकित्सकमाथि अभद्र व्यवहार गरेका छन्।
- प्रहरीले चन्दननाथ नगरपालिका–३ का लव बहादुर सेजुवाललाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ।
- यस घटनामा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐन, २०६६ अन्तर्गत मुद्दा दर्ता गरी अदालतबाट म्याद थप गरिएको छ।
जुम्ला । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आकस्मिक कक्षमा कार्यरत चिकित्सकमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार चन्दननाथ नगरपालिका–३ निवासी ३० वर्षीय लव बहादुर सेजुवालले गत बुधबार दिउँसो करिब १२ बजे मादक पदार्थ सेवन गरी आकस्मिक कक्षमा प्रवेश गरेर ड्युटीमा रहेका चिकित्सकहरूमाथि अभद्र व्यवहार गरेका थिए।
प्रहरीका अनुसार सेजुवाल यसअघि पनि प्रतिष्ठानभित्र अनधिकृत रूपमा प्रवेश गरी अभद्र व्यवहार गर्ने गरेको बुझिएको छ।
घटनापछि स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन २०७९) अन्तर्गत मुद्दा दर्ता गरिएको छ। जुम्ला जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण