बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

माओवादीका पार्टी सदस्यले सम्पत्ति अद्यावधिक गर्नुपर्ने

शुक्रबार, १६ पुस २०७८, १५ : ४१
शुक्रबार, १६ पुस २०७८

नेकपा माओवादी केन्द्रबाट लाभको पदमा बस्ने सवै पार्टी सदस्यहरुको सम्पत्ति विवरण अद्यावधिक गर्नुपर्ने भएको छ । सो पार्टीको आठौं महाधिवेशनमा अनुशासन आयोगका तर्फबाट आयोगको प्रतिवेदन पेश गर्दै अध्यक्ष टंक राईले अबदेखि लाभको पदमा बस्ने सबै सदस्यले आफ्नो सम्पत्ति विवरण पार्टीमा अद्यावधिक गर्नुपर्ने बताएका हुन् ।

‘पार्टी सदस्यले पदमा रहँदा र नरहँदा आयोगमा अद्यावधिक गर्नुपर्ने व्यवस्था गरेको छ । नगरे कारवाही गरिनेछ’, अध्यक्ष राईको भनाई छ ।

त्यस्तै उनले कम्युनिस्ट पार्टी भएकाले नेकपा माओवादीका सदस्यहरुले सप्‍ताह पुराण लगाइए कारवाहीको विषय बन्ने भन्दै सचेत समेत गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप