लोकसभा निर्वाचन : किन भइरहेछ कंगना रनौतको पहिरनको चर्चा ?
नयाँ दिल्ली । भारतमा यतिबेला लोकसभाको निर्वाचन जारी छ । यहिबेला हिमाञ्चल प्रदेशको मन्डी लोकसभा सिटको निकै चर्चा भइरहेको छ । बलिउड अभिनेत्री कंगना रनौत यहाँबाट भाजपाको तर्फबाट चुनाव लड्दैछिन् । रमाइलो कुराचाहिँ के छ भने चुनावी प्रचार प्रसारमा कंगनाभन्दा बढी चर्चा उनको पहिरनको भइरहेको छ ।
प्रचार प्रसारमा उनी प्रायः परम्परागत लुकमा देखिइरहेकी छिन् । मन्डीबाट कांग्रेस उम्मेदवार विक्रमादित्य सिंहले पनि कंगनालाई बारम्बार उनको पहिरनलाई लिएर ‘निशाना’ बनाइरहेका छन् । कंगना रनौत हिमाचल प्रदेशस्थित मन्डी जिल्ला जाहुको भाम्बलाकी बासिन्दा हुन् । मन्डीमा चुनावी प्रचारका क्रममा कंगना रनौतले र्याली र सभाहरूमा प्रायः साडी र सुट लगाइरहेकी छिन् ।
कुल्लुमा चुनावी प्रचार प्रसारको क्रममा उनी कुल्लवी पोसाकमा देखिएकी थिइन् । यहाँ उनले पट्टु र दातृको साथमा परम्परागत कुल्लवी पहिरन लगाएकी थिइन् । कुल्लुपछि उनी चम्बाको भरमौर गइन् । यहाँ उनले शामचौरासी मन्दिरमा दर्शन समेत गरेकी थिइन् । यसक्रममा कंगना चम्बाको परम्परागत पोसाक लुआनछडी डोरामा देखिएकी थिइन् । यो पहिरनलाई मानिसहरूले निकै मन पराएका थिए । यो तस्बिर सामाजिक सञ्जालमा पनि भाइरल भएको थियो ।
किन्नौर जिल्ला पनि मन्डी लोकसभा सिटमा पर्छ । यहाँ पनि प्रचारका क्रममा कंगनाले किन्नौरी सल र पहिरन लगाएर जनसभामा पुगेकी थिइन् । किन्नौरपछि शिमलाको रामपुरमा प्रचारप्रसारमा जाँदा कंगना धातु, सुट र टोकरी लगाएर यस जनसभामा पुगेकी थिइन् । यो पोसाकमा उनी निकै सुन्दर देखिएकी थिइन् । यो पोसाक शिमलाको परम्परागत पोसाक हो ।
बारम्बार फरक–फरक पहिरनमा देखिएपछि विक्रमादित्य सिंहले कंगना रनौतलाई निशाना बनाएका छन् । ‘यस्तो लाग्छ कि कुनै फिल्मको सुटिङ चलिरहेको छ’ विक्रमादित्य सिंहले कंगनालाई कटाक्ष गर्दै भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण