बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

लेखनाथ न्यौपानेको फरक मतलाई माओवादीले सम्मान गर्ने

शुक्रबार, १६ पुस २०७८, १७ : २९
शुक्रबार, १६ पुस २०७८

नेकपा माओवादी केन्द्रले जारी आठौं महाधिवेशनमा नेता लेखनाथ न्यौपानेले राखेको फरक मतलाई फरक मतकै रुपमा लिदै त्यसबारे पार्टीमा बहस गर्ने भएको छ ।  शुक्रबारको बन्दसत्रपछि आयोजित मिडिया व्रिफिङका क्रममा प्रवक्ता कृष्णबहादुर महराले शुक्रबारको बन्दसत्रले गरेका निर्णयहरूबारे जानकारी गराउँदै सो कुरा बताएका हुन् । 

‘अध्यक्षको प्रतिवेदनमाथि आएका धेरै सुझाव या प्रश्नहरु प्रतिवेदनको मुल स्पिरिट ठिक छ भन्ने आएका छन्, बाँकी केही सुझावहरु पनि आएका छन्, ती सुझावलाई अध्यक्षले स्वीकार गर्नुभएको छ’, महराले भने, ‘लेखनाथ न्यौपानेका फरक मत फरक मतकै रुपमा राख्ने र सम्मानपूर्वक फेरि बहस गर्दै जाने निर्णय भएको छ ।’ 

उनले शुक्रबार निर्वाचन, लेखा र अनुशासन आयोगका तीन प्रतिवेदन पेश भएको भन्दै त्यसपछि छलफलका क्रममा उठेका प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले दिएर आजको बन्दसत्र प्रतिवेदन पाससहित समापन भएको जानकारी दिए । 
शनिबार विधानमाथिको प्रस्तुति हुने र नेतृत्व चयनको प्रक्रिया सुरु हुने पनि प्रवक्ता महराले जानकारी दिए । महराका अनुसार सम्भवत महाधिवेशन शनिबार नै सकिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप