सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्यसहित अघि बढेको छ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्यसहित अघि बढिरहेको बताएका छन् । बिहीबार काठमाडौँमा जाऊँ हिँड रेसुङ्गा अभियानको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले समृद्धिले नै विकासका बहु आयामिक सम्भावनाहरूको नेतृत्व गर्ने बताए । सानो लगानीमा राम्रो प्रतिफल हासिल गर्ने क्षेत्र पर्यटन भएको पनि बताए । उनले पर्यटन क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राखेको पनि बताए । उनले गुल्मी जिल्ला र रेसुङ्गा क्षेत्र समृद्धिको प्रचुर सम्भावना बोकेको क्षेत्र भएको पनि बताए ।
उनले पर्यटन क्षेत्रको विकासमा तीन तहकै सरकारको भूमिकालाई थप प्रभावकारी बनाउन आवश्यक रहेको बताए । निजी, गैरसरकारी तथा सामुदायिक क्षेत्रसँगको सहकार्यमा अझै पर्यटन क्षेत्रलाई अझै बिस्तार गर्न आवश्यक रहेको बताए ।
उनले भने, ‘वर्तमान सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्यसहित अघि बढिरहेको कुरा अवगत नै छ । त्यसमध्ये समृद्धि नै त्यस्तो क्षेत्र हो, जसले विकासका बहु आयामिक सम्भावनाहरूको नेतृत्व गर्दछ । गुल्मी जिल्ला र रेसुङ्गा क्षेत्र समृद्धिको प्रचुर सम्भावना बोकेको अत्यन्तै महत्त्वपूर्ण क्षेत्र हो । त्यसमध्ये सानो लगानी र राम्रो प्रतिफल हासिल गर्ने क्षेत्र पर्यटनको विकास नै हो । तसर्थ सरकारले उच्च प्राथमिकतामा राखेको समृद्धिको विषयमा केन्द्रित रहेर महत्त्वपूर्ण कार्यक्रम आयोजना गर्नुभएकोमा यहाँहरूलाई धन्यवाद ज्ञापन गर्दछु ।’
प्रधानमन्त्री प्रचण्डले रेसुङ्गा धार्मिक, ऐतिहासिक, पौराणिक, सांस्कृतिक र पर्यटकीय सम्पदा भएको बताए । रेसुङ्गा क्षेत्र धार्मिक तथा प्राकृतिक पर्यटनका लागि ठुलो सम्भावना बोकेको क्षेत्र भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेश सभाको पन्ध्रौँ बैठक आज, चार मन्त्रालयको बजेटमाथि छलफल
-
यो वर्ष पनि दुईवटा अटो शो : नाडा र नाइमाको छुट्टाछुट्टै तयारी
-
देउवा पुत्र जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको सूचना
-
बजेट विवाद: मन्त्रीबाट मन्त्रीकै हुर्मत, विपक्षीको प्रशंसा
-
बेल्जियमको शानदार जित, अमेरिकालाई ४–१ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश
-
दुर्गा प्रसाईंको आरोप– ‘सिंहदरबारको सिस्टम सरकारले नै बिगार्यो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण