शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

आन्दोलनमा १ हजार ३०० विद्यार्थी पक्राउ

बिहीबार, २० वैशाख २०८१, १५ : ३६
बिहीबार, २० वैशाख २०८१

वासिङ्टन डीसी । प्रहरीले कडाइ गरिरहेको भएपनि अमेरिकामा प्यालेस्टाइनको समर्थनमा विद्यार्थी आन्दोलन जारी छ । न्यूयोर्क टाइम्सका अनुसार हालसम्म देशभरका ३० विश्वविद्यालयबाट १ हजार ३०० भन्दा बढी विद्यार्थीलाई पक्राउ गरिएको छ । 
बुधबार लस एन्जलसस्थित क्यालिफोर्निया विश्वविद्यालयले प्रदर्शनकारी विद्यार्थीहरूलाई क्याम्पस छोड्न वा गिरफ्तारीको सामना गर्न आदेश दिएको थियो ।

तर, विद्यार्थीहरू चश्मा, मास्क र हेलमेट लगाएर आ–आफ्नो ठाउँमा उभिरहेका छन् । प्रहरीको गाडी र ब्यारिकेडले विश्वविद्यालय परिसरलाई घेरा हालेको छ । प्रहरीका हेलिकप्टरले आकाशमा गस्ती गरिरहेका छ । बुधबार राति अबेरसम्म प्रदर्शनकारी र प्रहरीबीच हिंसात्मक झडपसमेत भएको थियो । यस अवधिमा सयौं विद्यार्थी पक्राउ परे ।

प्यालेस्टाइन र इजरायल समर्थक विद्यार्थीबीच झडप

कतारी समाचार संस्था अलजाजिराका अनुसार प्यालेस्टाइन समर्थक विद्यार्थीहरूको समूहले बुधबार राति युसीएलएको क्याम्पसमा इजरायल समर्थक विद्यार्थीहरूसँग झडप गरेका थिए । समाचार अनुसार इजरायल समर्थकहरू फलामको रड र कालो मरिचको स्प्रे लिएर प्यालेस्टाइन समर्थक विद्यार्थीहरू भएको ठाउँमा आएका थिए । उनीहरूले प्यालेस्टिनी समर्थक विद्यार्थीहरूलाई आक्रमण गरेका थिए ।

प्रदर्शन बीच युद्धविरामको प्रयास

इजरायल–हमास युद्ध सुरु भएयता अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले ७ पटक मध्यपूर्वको भ्रमण गरिसकेका छन् । बुधबार आफ्नो ७ औं भ्रमणको अन्तिम दिन ब्लिन्केनले हमासलाई युद्धविराम सम्झौता स्वीकार गर्न माग गरेका थिए । जतिसक्दो चाँडो युद्धविराम गर्न आफूहरू प्रतिबद्ध भएको तेल अभिभमा इजरायली राष्ट्रपति हर्जाेगसँगको भेटमा ब्लिन्केनले भनेका  िथए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप