चर्चामा केटीको बियर क्यान ब्रा
अमेरिकी गायिका केटी पेरी आफ्नो क्रिएटिभ आउटफिट्सले फ्यानलाई आफूतिर आकर्षित गर्न कहिल्यै पछि पर्दिनन् । उनले हालैमात्र लसभेगासमा प्ले रेजिडेन्सीको ओपनिङ नाइटमा यस्तै एक पहिरन लगाइन्, जुन पहिरनले सबैको ध्यान तान्यो ।
केटीले बियर क्यानबाट बनेको ब्रा लगाएपछि त्यो ब्राले सबैको ध्यान खिचेको थियो । आफ्नो यो वाइल्ड आउटफिटमा केरी निकै ग्ल्यामर देखिएकी थिइन् । निकै प्रयोगात्मक यो पहिरन उनका फ्यानले सामाजिक सञ्जालमा भाइरल नै बनाएका छन् । उनीहरूले गायिकाको लुक्सको पनि प्रशंसा गरेका छन् । केटीको लुक जति धमाकेदार थियो, उनको स्टेज प्रस्तुति पनि उत्तिकै सानदार थियो । केटी सिल्भर सिक्वेन मिनी पहिरनमा थिइन् । ब्राको टुप्पोमा दुई बियर क्यान जडान गरिएको थियो ।

आफ्नो ९० मिनेटको प्रस्तुतिमा केटी म्याजिकल ब्रा क्यानबाट बियर निकालेर ग्लास भरेकी थिइन् । स्टेजमा केटीको अगाडि एक ठुलो मास्क राखिएको थियो । जुन मास्कसँग उनले गफ गरेकी थिइन् । उनको यो शो निकै रंगीन देखिएको थियो ।
केटीको शोमा एक ठुलो बियर क्यानको सेट बनाइएको थियो । जसमाथि बसेर केटीले प्रस्तुति दिएकी थिइन् । उनले शोमा मसरुम जस्तो गेटअप पनि बनाएकी थिइन् । मसरुम क्राउन जस्तो क्याप, रेड आउटफिट र रेड बुटले उनी निकै सुन्दर देखिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दूधमा आत्मनिर्भर बन्दै बागलुङ
-
हामीले गलत गर्दा खबरदारी गर्नुहोला : सोम शर्मा
-
लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्र्याज प्रणाली’ लागू
-
भोलिदेखि त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा अन्तर्गतको ओपीडी सेवा सुरु हुने
-
विश्वकप समूह चरणको खेल सकियो, यी हुन् नकआउट चरणमा पुग्ने ३२ टोली
-
‘खादा–मालामै गण्डकी सरकारको ३५ करोड स्वाहा !’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण