दिग्गज अभिनेता प्रेम चोपडा र उनकी श्रीमतीलाई कोरोना संक्रमण, अस्पतालमा भर्ती
कोरोनाले एकपटक पुनः आफ्नो कहर निम्त्याउन सुरु गरेको छ । बलिउड इन्डष्ट्रिका थुप्रै ठूला सेलिब्रिटी एकपछि अर्को गर्दै कोरोनाको चपेटामा आइरहेका छन् । अब बलिउडका दिग्गज अभिनेता प्रेम चोपडा र उनकी श्रीमती पनि कोरोना संक्रमित भएका छन् । कोरोना संक्रमित पाइएपछि उनलाई अस्पताल भर्ना गरिएको छ ।
अस्पतालमा उपचार चलिरहेको छः
प्रेम चोपडा र उनकी श्रीमती मुम्बईको लिलावती अस्पतालमा भर्ना छन् । दुबैको उपचार डा. जलिल पारकरको निगरानीमा भइरहेको छ । जानकारीका अनुसार प्रेम चोपडा र उनकी श्रीमतीले मोनोक्लोनल एन्टीबडी लिइसकेका छन् र उनीहरुको स्वास्थ्यमा सुधार आइरहेको छ । ८६ वर्षका प्रेम चोपडाको शरीरमा उपचारको निकै राम्रो प्रभाव देखिएको भारतीय सञ्चार माध्यमले रिपोर्टलाई उद्धृत गर्दै जानकारी दिएको छ । स्वास्थ्यमा देखिएको सुधारको आधारमा उनलाई एक वा दुई दिनमा अस्पतालबाट डिस्चार्ज गरिने सम्भावना छ ।
जोन र उनकी श्रीमती पनि कोरोना संक्रमितः
प्रेम चोपडा अघि बलिउडका ह्यान्डसम हङ्क जोन अब्राहम र उनकी श्रीमती प्रिया पनि कोरोनाद्वारा संक्रमित भएको खबर आएको थियो । जोन अब्राहमले आफ्नो इन्स्टा स्टोरीमा एउटा पोस्ट सेयर गरेर आफ्नी श्रीमती कोरोनाद्वारा पोजेटिभ भएको जानकारी साझा गरेका थिए ।
जोनले आफ्नो पोस्टमा लेखेका थिए – मैले तीनदिन अघि एक व्यक्तिलाई भेटेको थिएँ, उनलाई कोरोना भएको पछि थाहा भयो । प्रिया र मेरो रिपोर्ट पोजेटिभ आएको छ । हामी घरमा क्वारेन्टिनमा बसेका छौं र कसैको पनि सम्पर्कमा आएका छैनौं । हामी दुबैले भ्याक्सिन लगाइसकेका छौं । हामीमा सामान्य लक्षण देखिएको छ । कृपया सबैजना स्वस्थ रहनुहोस् र मास्क लगाउनुहोस् ।
कोरोनाको आँकडा हरेक दिन बढिरहेको छ र यस्तोमा हामी सबैले बढी सावधान र सतर्क रहन आवश्यक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दूधमा आत्मनिर्भर बन्दै बागलुङ
-
हामीले गलत गर्दा खबरदारी गर्नुहोला : सोम शर्मा
-
लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्र्याज प्रणाली’ लागू
-
भोलिदेखि त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा अन्तर्गतको ओपीडी सेवा सुरु हुने
-
विश्वकप समूह चरणको खेल सकियो, यी हुन् नकआउट चरणमा पुग्ने ३२ टोली
-
‘खादा–मालामै गण्डकी सरकारको ३५ करोड स्वाहा !’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण