चर्चित गायक सोनु निगमलाई कोरोना संक्रमण
चर्चित गायक सोनु निगम कोरोना संक्रमित भएका छन् । निगमको साथसाथै उनकी श्रीमती मधुरिम र छोरा नीवानमा समेत कोराना पोजेटिभ देखिएको छ । निगमले सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै कोरोना संक्रमणको जानकारी दिएका हुन् ।
सोनु अहिले दुबईमा परिवारको साथ समय बिताइरहेका छन् । कोरोना संक्रमित भएपछि उनी परिवारका साथ क्वारेन्टिनमा बसेका हुन् । ‘तपाईहरुलाई नयाँ बर्षको शुभकामना । म कोरोना संक्रमित भएको छु’ उनले सामाजिक सञ्जाल एक भिडियो शेयर गर्दै भने, ‘कति मानिसलाई यो कुरो थाहा छ, कतिलाई थाहा छैन ।’ आफुलाई पनि कोरोना संक्रमण भएजस्तो नलागेको उनले बताएका छन् ।
‘म अहिले दुबईमा छु । मलाई भारत फर्किनुछ, किनभने भुवनेश्वरमा कार्यक्रम छ । ‘सुपर सिंगर सिजन ३’ को पनि सुटिङ गर्नुछ’ उनले अगाडि भने, ‘मैले कोरोना टेष्ट गराएको रिपोर्ट पोजेटिभ आयो ।’ उनले आफु बिस्तारै ठिक हुने आशा ब्यक्त गरेका छन् ।
सोनु पछिल्लो दुई महिनादेखि लगातार कन्सर्ट र सुटिङ गरिरहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण
-
कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो
-
लुम्बिनीमा बृहत् वृक्षारोपण अभियान सुरु
-
चिकित्सकमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ
-
घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु
-
कुनै पनि अन्तर्राष्ट्रिय शक्तिप्रति अनावश्यक झुकाव नराख्ने रास्वपाको नीति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण