क्यान्सर पीडितलाई मासिक भत्ता दिने तयारी
प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले क्यान्सर पीडितलाई प्रदेश सरकारले मासिक भत्ता उपलब्ध गराउने तयारी गरेको बताएका छन् । नेपाल अर्बुद रोग निवारण संस्थाको ३१औं केन्द्रीय सभाको सिरहाको लहानमा हिजो उद्घाटन गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारले क्यान्सर पीडितको उपचारार्थ कानुन बनाएरै मासिक भत्ता उपलब्ध गराउने तयारी भइरहेको बताए । “क्यान्सर पीडितले पहिलादेखि नै उपचारका लागि एक लाख राहत पाउदै आएका छन्”, मुख्यमन्त्री राउले भन, “अ‍ेब प्रदेश सरकारले कानून बनाएरै मासिक भत्ता दिन लागेको छ ।” लहानमा स्थापना हुन लागेको क्यान्सर अस्पताललाई प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता उहाँले व्यक्त गरे ।
स्वास्थ्य अवस्थामा सुधार ल्याउन प्रदेश सरकारले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गरेको उल्लेख गर्दै उनले प्रदेश सरकारले स्थापना गरेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला देशकै नमूना हुने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौँ : कविन्द्र बुर्लाकोटी
-
इरान भन्छ– अमेरिकाको विरोधाभासी अडान नै वार्ताको मुख्य समस्या
-
एमालेको पुनर्गठन किन र कसरी ?
-
धर्मपुत्री बन्न १२ वर्षकी बालिका बनेर परिवार झुक्याउने ३७ वर्षीया महिला पक्राउ
-
बिहानै कालो कफी पिउनु कति सुरक्षित ?
-
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण