कट्रिनाले फोटो सेयर गरेर यस्तो के लेखिन् जसमा सेलिब्रिटी र प्रशंसकले दिन थाले बधाई ?
कट्रिना कैफ र विक्की कौशलको विवाह भएको एक महिना पुरा भएको छ । ९ डिसेम्बरमा यी दुईको विवाह भएको थियो । यो विवाहमा यी दुईको परिवार, आफन्त र नजिकका साथीहरु समावेश भएका थिए । राजस्थानको सवाई माधोपुरमा भएको कट्रिना विक्कीको विवाहको झलक पाउनका लागि प्रशंसक निकै आतुर थिए । तर पछि यी दुईले आफ्नो विवाहको फोटो सेयर गरेपछि सबैजना खुसी भएका थिए । अब कट्रिना र विक्कीको विवाहको एक महिना पूरा भएको छ । यो अवसरलाई उनीहरुले सेलिब्रेट गरिरहेका छन् ।
विवाह अघि कट्रिना कैफ र विक्की कौशलले आफ्नो सम्बन्ध लुकाएर राखेका थिए । तर विवाहपछि दुबैले एक–अर्काका लागि प्रेम व्यक्त गर्न लोभ गरेका छैनन् । यी दुईले एक अर्कासँगको क्यान्डिड तस्बिर सेयर गर्न सुरु गरेका छन् । कट्रिनाले पुनः यस्तै गरेकी छिन् । कट्रिनाले विक्कीलाई बेस्सरी अँगालो हालेको फोटो सेयर गरेकी छिन् ।
यो एउटा सेल्फी हो र उसलाई विक्की कौशलले खिचेका छन् । फोटो सेयर गर्दै कट्रिनाले लेखिन्, ‘ह्याप्पी वान मन्थ माइ लभ ।’
सेलिब्रिटी र प्रशंसकले दिइरहेका छन् बधाईः
यो पोस्टमा थुप्रै सेलिब्रिटी र प्रशंसकले कमेन्ट गरेका छन् । फोटो पोस्ट गरेको आधा घण्टा बित्न नपाउँदै यसमा १० लाखभन्दा बढी लाइक्स आइसकेको छ । कट्रिनाका हेयर स्टाइलिस्ट साथी डेनियलले कमेन्ट गर्दै लेखे, ‘प्रेम सुन्दर छ ।’ नेहा धुपियाले लेखिन्, ‘धेरै धेरै शुभकामना हाम्रो सुन्दर जोडी, हामी तिमीलाई माया गर्छौँ ।’ वाणी कपुरले लेखिन्, ‘सुन्दर ।’
लुकाएर राखेका थिए सम्बन्धः
कट्रिना कैफ र विक्की कौशल केही वर्षदेखि एक अर्काको सम्बन्धमा थिए । तर यी दुईले कहिल्यै पनि मिडिया वा सार्वजनिक रुपमा आफ्नो सम्बन्धबारे कुरा गरेनन् । यी दुईले विवाहबारे पनि केही बोलेका थिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दूधमा आत्मनिर्भर बन्दै बागलुङ
-
हामीले गलत गर्दा खबरदारी गर्नुहोला : सोम शर्मा
-
लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्र्याज प्रणाली’ लागू
-
भोलिदेखि त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा अन्तर्गतको ओपीडी सेवा सुरु हुने
-
विश्वकप समूह चरणको खेल सकियो, यी हुन् नकआउट चरणमा पुग्ने ३२ टोली
-
‘खादा–मालामै गण्डकी सरकारको ३५ करोड स्वाहा !’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण