७९औँ गोल्डन ग्लोबमा ‘द पावर अफ द डग’ उत्कृष्ट
७९ औँ गोल्डन ग्लोब अवार्ड आइतबार बाँडिएको छ । कोरोनाको कारण दर्शकको सहभागिता बिना बाँडिएको अवार्ड टिभी तथा इन्टरनेटबाट प्रसारण गरिएको थियो, भने ट्वीटर पेजबाट पनि विजेता सार्वजनिक गरिएको गरियो ।
अवार्डमा ड्रामा तर्फ ‘द पावर अफ द डग’ उत्कृष्ट फिल्म घोषित हुँदा कमेडी तथा म्युजिकल विधामा ‘दि वेस्ट साइड स्टोरी’ उत्कृष्ट ठहरियो । अभिनेता अभिनेत्रीतर्फ विल स्मिथले ‘किङ रिचार्ड : बिइङ दि रिकार्डोस्’ र निकोल किडमेनबाट ड्रामा तर्फको अवार्ड हात पारे । कमेडी तथा म्युजिकलतर्फ ‘टिकटिक बुम’ बाट एन्ड्रयु गार्फिल्ड उत्कृष्ट अभिनेता बने भने वेस्ट साइड स्टोरीबाट रेचल जेग्लर उत्कृष्ट अभिनेत्री बनिन् ।
एनिमेटेड चलचित्रमा एन्कान्टो उत्कृष्ट बन्यो भने जापानको ड्राइभ माई कार विदेशी भाषाको उत्कृष्ट चलचित्र बन्न सफल भयो । जेन क्याम्पियन द पावर अफ द डगबाट उत्कृष्ट निर्देशक बनिन् भने सोही चलचित्रबाट कोडी स्मिट म्याकफी उत्कृष्ट सह–अभिनेता बने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दूधमा आत्मनिर्भर बन्दै बागलुङ
-
हामीले गलत गर्दा खबरदारी गर्नुहोला : सोम शर्मा
-
लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्र्याज प्रणाली’ लागू
-
भोलिदेखि त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा अन्तर्गतको ओपीडी सेवा सुरु हुने
-
विश्वकप समूह चरणको खेल सकियो, यी हुन् नकआउट चरणमा पुग्ने ३२ टोली
-
‘खादा–मालामै गण्डकी सरकारको ३५ करोड स्वाहा !’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण