तनाव हटाउन अध्यात्म पुस्तक पढ्दै ज्याकलिन
बिहीबार, २९ पुस २०७८, १३ : ०१
बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज अहिले गलत कामका कारण चर्चामा छिन् । महाठग सुकेश चन्द्रशेखरको दुई सय करोड मनी लन्ड्रिङ मामिलामा उनको नाम आएपछि केही समयअघि उनलाई इडीले सोधपुछ गरेको थियो ।
यो सोधपुछपछि उनले सुकेशबाट महँगो उपहार पाएको खुलासा भएको थियो । हालैमात्र उनको सुकेशसँगको नयाँ तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यो तस्बिरमा उनको घाँटीमा लभबाइट प्रस्ट देखिन्थ्यो ।
यी घटनाका कारण तनावमा रहेकी ज्याकलिन अहिले आफूलाई भुलाउन किताबको सहारा लिएकी छन् । ज्याकलिन आफूमाथि आएको संकटलाई हटाउन अध्यात्म किताब पढ्न थालेकी छन् । फिटनेसमा चासो राख्ने उनी आजकल निकै समय योग र शारीरिक अभ्यास गरिरहेकी छन् । ज्याकलिन लुइस एल हेको पुस्तक पढिरहेकी छन् । जुन पुस्तक क्षमा र पीडा कसरी कम गर्न सकिन्छ भन्ने विषयमा आधारित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोटीमा करेन्ट लागेर एक जनाको मृत्यु
-
फस्ट हाफमा जोर्डनविरुद्ध अर्जेन्टिना २–० ले अगाडि, अल्जेरिया–अस्ट्रिया बराबरीमा
-
पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध
-
ट्राफिक कारबाहीमा पाँच लाख ११ हजार राजस्व सङ्कलन
-
नक आउट चरणमा पोर्चुगल र क्रोएसिया भिड्ने पक्का
-
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण